कृषक दम्पतीको हत्याबारे सिआइबीले अनुसन्धान थाल्यो

खरीबोट

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ स्थित बजनीमा एक पशुपालक कृषक दम्पतीको बिभत्स हत्या भएको छ । 

गाई पालन व्यावसाय गर्दै आएका ३६ वर्षिय दिपक सुवेदी र उनकी श्रीमती ३२ वर्षिया दीपा सुवेदी को हत्या भएको हो ।

घर नजिकैको गाई फारममा सुतेका उनीहरुको शव शनिवार विहान फेला परेको हो । श्रीमतीको शव गाई फारम भित्र उनीहरु सुत्ने कोठामा र श्रीमानको शव फारम बाहिर परालको टौवा नजिक फेला परेको छ । शव क्षत विक्षत अवस्थामा छ । अनुहार र टाउकोमा गहिरो घाउ चोट लागेको छ ।

घरेलु हात हतियार चक्कु र चिरेको बाँसको भाटाले प्रहार गरेर हत्या गरेको अवस्थामा सुवेदी दम्पतीको शव फेला परेको छ ।

सुवेदी दम्पती गाई फारममा र उनीहरुका छोराछोरी घर मैं सुतेका थिए । बिहान गाईहरु धेरै कराए पछि हेर्न जाँदा शव फेला परेको स्थानीयबासीले बताएका छन् । उनीहरुको गाई फारम घर भन्दा करिब पाँच सय मिटर टाढा खेतको बिचमा एकान्तमा छ । हत्या पछि हत्यामा संलग्न व्यक्ति गाई फारमको पछाडिबाट भागेको हुँन सक्ने प्रहरीको अनुमान छ ।

बिहान करिब ७ बजे गाउँलेबाट प्रहरीलाई खवर भए पछि ईलाका प्रहरी कार्यालय , सिमरा र जिल्ला प्रहरी कार्यालयको टोलीले घटना स्थललाई सुरक्षा घेरामा राखी अनुसन्धान सुरु गरेको छ । थप अनुसन्धानका लागि मकवानपुरबाट तालिम प्राप्त कुकुर ल्याई घटना स्थलमा परिचालित गरिएको छ ।

हत्या अनुसन्धानको लागि काठमाण्डौंबाट केन्द्रिय अनुसन्धान व्यूरो (सीआईबी) को टोली बारा आएको छ । साथै चुनावको सुरक्षामा खटिएका प्रहरी अधिकारीहरुलाई पनि झिकाएर अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए । दम्पति सुवेदीका सन्तानमा एक १३ बर्षिय छोरी आर्जु सुवेदी र एक १० बर्षिय छोरा आर्जन सुवेदी छन् ।
 

सम्बन्धित समाचार

मलेसियाली अदालतले कीम जोङ हत्याको सुनुवाई गर्ने आदेश

क्वालालम्पुर। मलेसियाको एक अदालतले उत्तर कोरियाली नेता कीम जोङ उनका भाइ कीम जोङ नामको हत्या आरोपमा मलेसियामा पक्राउ परेका दुई महिलाका सम्बन्धमा सुनुवाई गर्न आदेश दिएको छ ।  “आरोपित महिलाहरुले आफूमाथि

रुकुमका एक व्यक्तिले गरे छोरा र भाइको हत्या

  जाजरकोट । रुकुम (पश्चिम)को मुसीकोट नगरपालिका–१४ मा एक व्यक्तिले आज आफ्नै छोरा र भाइको हत्या गरेका छन् । छिवाङ चौताराका ३६ वर्षीय शंकर बिष्टले ६ वर्षीय छोरा सुदर्शन र २० वर्षीय

निशान अपहरणपछि हत्या प्रकरणमा तीन आमालाई पुत्र वियोग

भक्तपुर। यही साउन २० गते काठमाडौँ महानगरपालिका–३२ काँडाघारीबाट भएको अपहरण एवं हत्याकाण्डमा तीन आमा पुत्र वियोगमा परेका छन् ।  काँडाघारीबाट ११ वर्षीय निशान खड्काको अपहरण र हत्यापछि प्रहरीको इन्काउण्टरमा मारिएका अपहरणकारीको

प्रहरी सहायक निरीक्षक थमन विकको हत्याका आरोपीद्वय अदालतमा हाजिर

गौशाला। सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्याका आरोपी रहेका जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्र आज महोत्तरी जिल्ला अदालतमा हाजिर भएका छन् ।  उनिहरूसँगै सोही मुद्दाका आरोपी रहेका राष्ट्रिय जनता पार्टी