• २०८१ बैशाख १४ शुक्रबार

एचआइभी संक्रमितको संख्या घट्दै

kharibot

बनियानी, झापा ।  झापामा एचआइभी संक्रमितको संख्या वर्षेनी घट्दै गएको छ । 

जिल्लामा २०७३ मा १६ जना एचआइभी संक्रमित भेटिएका थिए । विसं २०७२ मा ४३ जना एचआइभी संक्रमित फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत कुलबहादुर पौडेलले जानकारी दिए । 

पौडेलका अनुसार गत वर्ष तीन हजार ९९ पुरुष र एक हजार १०५ महिलाको रगत परीक्षण गर्दा आठजना पुरुष र आठजना महिलामा संक्रमण देखिएको हो । गत वर्ष एकजना एचआइभी संक्रमितको मृत्यु भएको थियो । 

त्यस्तै, २०७० सालमा ५५ जना, २०७१ मा ६७ जना, २०७२ मा ५८ जना एचआइभी संक्रमित फेला परेको कार्यालयले जनाएको छ । जिल्लामा २०७० देखि २०७४ सम्म १८४ एचआइभी संक्रमित फेला परेका छन् । संक्रमितमध्ये पुरुष १०३ जना र महिला ८१ जना रहेका छन् । सोही अवधिमा चारजना महिला र छजना पुरुष संक्रमितको मृत्यु भएको थियो । 

हाल जिल्लामा ४६१ जना एचआइभी संक्रमित रहेको कार्यक्रम अधिकृत पौडेलले बताए। पुरुष २५५ जना र महिला २०६ जना महिला रहेका छन् । तीमध्ये ४५७ जनाले नियमित औषधि (एआरटी) सेवन गरिरहेका छन् । प्रसूति सेवाको सुविधा भएका सबै स्वास्थ्य संस्थाबाट निःशुल्क परीक्षण गरिँदै आएको छ । 

“स्वास्थ्य संस्थामा आउने रहेक गर्भवतीको एचआइभी परीक्षण गरिँदै आएको छ” पौडेलले भन्नुभयो । गत वर्ष तीन हजार २१९ जना गर्भवतीको एचआइभी परीक्षण गरिएको थियो । जिल्लामा डाइमण्ड सोसाइटी, सहारा नेपाल, आम्दा नेपाल, लभकुस आसाम, नाइटचेस क्लब, जनस्वास्थ्य कार्यालयले एचआइभीसम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै