• २०८१ बैशाख १५ शनिबार

आलिया भट्टले किन अस्विकार गरिन् प्रभासको फिल्म ?

kharibot

बलिवुड । बलिवुडमा अहिलेकै सफल अभिनेत्री आलिया भट्टले बाहुबली स्टार प्रभाससँग फिल्म खेल्न अस्वीकार गरेको रिपोर्ट आएको छ । आलियाले अस्विकार गरेपछि प्रभासको हाल सुटिंग भैरहेको फिल्म ‘साहो’ मा श्रद्धा कपुरलाई लिइएको बलिवुड लाइफले उल्लेख गरेको छ ।

यसअघि बाहुबली कै अभिनेत्री अनुष्का शेठीले नै अभिनय गर्ने भनिएको यस फिल्ममा अनुष्का आउट भएपछि आलियालाई प्रस्ताव गरिएको बताइएको छ । 

आलियाले आफ्नो भूमिका छोटो भएको र तुलनात्मक रुपमा प्रभासले फिल्मलाई डोमिनेट गरेको भएर सो फिल्मलाई स्वीकार नगरेको बताइएको छ । फिल्म छनौटमा विशेष ध्यान दिएकी आलियाले अभिनय गरेका फिल्मबाट पनि देख्न सकिन्छ । स्टुडेन्ट अफ ड इयरबाट बलिवुडमा डेभ्यु गरेकी आलियाले टु स्टेट, हाई वे, उड़ता पंजाव, बद्रिनाथकी दुल्हनिया, कपुर एण्ड सन्स, डियर जिन्दगी जस्ता सशक्त फिल्ममा अभिनय गरिसकेकी छन् । 

हिन्दी सहित मलेयालम, तमिल र तेलेगुमा पनि बन्ने साहोलाई सुजिथले निर्देशन गर्दैछन् । फिल्मको सुटिंग पनि सुरु भैसकेको छ । फिल्मलाई भारतका अलावा आबुधाबी र रोमानियामा पनि सुटिंग गरिने बताइएको छ । फिल्ममा शंकर एहसान लोयले संगीत दिदैछन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै