• २०८१ बैशाख १५ शनिबार

इन्टरनेट उपभोक्तालाई क्लासिकटेकको झट्का अफर

kharibot

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले रु. ६९९ को झट्का अफर ल्याएको छ । यो कम्पनीको नयाँ अफर योजना हो ।

कम्पनीले योजनाअनुसार ६ एमबीपीएस इन्टरनेट प्रतिमहिना ६ सय ९९ रुपैयाँमा, १२ एमबीपीएस नौ सय २५ रुपैयाँमा, ३० एमबीपीएस ११ सय ११ रुपैयाँमा र ६० एमबीपीएस इन्टरनेट प्रतिमहिना २१ सय ५० रुपैयाँमा उपलब्ध गराउनेछ ।

योजनाअनुसार यदि ग्राहकले वार्षिक जडान गरे राउटर र तार निःशुल्क पाउने कम्पनीको भनाइ छ । क्लासिक टेकले विगत ७ वर्षयता सेवा प्रदान गरिरहेको छ । ७२ जिल्लामा विस्तारित भइसकेको यो कम्पनीले नेपालकै तीव्र गतिको १०० एमबीपीएस इन्टरनेट घरायसी प्रयोजनको लागि उपलब्ध गराइसकेको दाबी समेत गरेको छ ।

साथै कम्पनीले यो योजना १ महिनाका लागि नभएको स्पष्ट पारेको छ ।

पढ्नै पर्ने

लोकप्रिय