• २०८१ बैशाख १५ शनिबार

नेकपा (विप्लव) का अर्घाखाँची जिल्ला इन्चार्ज सहित १० जना पक्राउ

kharibot

अर्घाखाँची । निर्वाचन बिरोधी गतिविधि सञ्चालन गर्न सक्ने आशंकामा प्रहरीले नेकपा विप्लवका जिल्ला इन्चार्ज सुमन भनिने गंगाप्रसाद ज्ञवालीलाई नियन्त्रणमा लिएको छ । 

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अशान्ति फैलाउन सक्ने सम्भावित खतरालाई ध्यान दिँदै उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप डिसीले जानकारी दिए । उनी २०७२ सालदेखि उक्त पार्टीका जिल्ला इन्चार्जका रुपमा काम गर्दै आएका छन् । 

जिल्लाका विभिन्न स्थानबाट अहिलेसम्म सो पार्टीका नेता तथा कार्यकर्ता गरी १० जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक डिसीले बताए । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय