• २०८१ बैशाख १५ शनिबार

चीनमा ७ म्याग्निच्युटको भूकम्प, १३ को मृत्यु, १ सय ७५ जना घाइते

kharibot

चीनको सिचुवान प्रान्तमा गएको भूकम्पले फुटेको सडक । तस्बिर : पिपल्स डेली

बेएजिङ  । चीनको सिचुवान प्रान्तमा गएको ७.० म्याग्च्यिुडको भूकम्पमा परी कम्तीमा पनि १३ जनाको मृत्यु भएको छ । भूकम्पमा परी अन्य १ सय ७५ जना घाइते भएका छन् । दक्षिणपश्चिम चीनको सिचुवान प्रान्तमा स्थानीय समय अनुसार मङ्गलबार साँझ ९ः १५ बजेको समयमा भूकम्प गएको हो । भूकम्पको प्रभाव खासगरी जिउझाइगाओ क्षेत्रमा परेको बताइएको छ ।

भूकम्पको केन्द्रबिन्दु ३३।२ डिग्री उत्तरी अक्षांश र १०३।२ डिग्री पूर्वी देशान्तरमा २० किलोमिटर गहिराइमा परेको सिइएनसीले जनाएको छ । भूकम्पपछि आपत्कालीन सेवा प्रयोग गरिनुका साथै मुन भ्याली, शेराटन जिउझाइगोउ रिसोर्ट र झांग्झा टाउनमा ३१ हजार पाँच सय पर्यटकलाई सुरक्षित स्थानमा सारिएको छ ।

भूकम्पले सडकमा माथिबाट खसेको ढुंगाले क्षतिग्रस्त बसबाट उद्धार गर्दै सुरक्षाकर्मीहरू । तस्बिर : पिपल्स डेली


भूकम्पपछि ७ सय ७० वटा पराकम्पनहरु आएका थिए । प्रभावित क्षेत्रमा उद्धार र राहतका कार्यहरु अहिले पनि जारी रहेको छ । चीनका राष्ट्रपति सी जिनपिंगले उद्धार र राहतका कार्यहरुमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएको चिनियाँ मिडियाहरुले जनाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै