• २०८१ बैशाख १४ शुक्रबार

बुढीगण्डकी जलविद्युत योजना स्वदेशी पुँजीमै बनाउने सरकारको निर्णय

kharibot

काठमाडौं । सरकारले बुढीगण्डकी जलविद्युत योजना स्वदेशी पुँजीमै बनाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले बुढीगण्डकी आयोजना नेपाल विद्युत प्राधिकरणलाई बनाउन दिने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकपछि ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ऊर्जा मन्त्री कमल थापाले १२ सय मेगावाटको बुढीगण्डकी आयोजना स्वदेशी पुँजी मै निर्माण गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा मन्त्री थापाले बढीगण्डकी आयोजना स्वदेशी लगानी र स्वदेशी प्रविधि प्रयोग गरेर बनाइने बताए । यसका लागि १५ दिनभित्र एक समिति निर्माण हुने र सोहि रिर्पोटका आधारमा काम थालिने मन्त्री थापाले जानकारी दिएका छन् । १२ सय मेगावाट क्षमताको जलाशययुक्त आयोजना आठ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताइएको छ ।

गत कात्तिक २७ गते बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी गेजुवा ग्रुपलाईलाई दिने निर्णय सरकारले खारेज गरेको थियो । 

गत ९ जेठको मन्त्रिपरिषद् बैठकले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेडलाई दिने निर्णय गरेको थियो ।

तत्कालिन माओवादी केन्द्रका जनार्दन शर्मा ऊर्जामन्त्री हुँदा बुढी गण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनी गेजुवा ग्रुपलाई दिने निर्णय गरिएको थियो । 

कामचलाउ प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा उर्जामन्त्री जनार्दन शर्मा र सीजीजीसी प्रतिनिधिले सम्झौतामा हस्ताक्षर गत जेठ २१ गते हस्तक्षर गरेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै