महानगरमा विकास निर्माणले गति लियो- मेयर शाक्य

खरीबोट

काठमाडौँ  । वर्षा सकिएसँगै काठमाडौँ महानगरपालिकामा विकास निर्माणको कामले गति लिएको छ । काठमाडौँ वडा २५ ढोका बहालमा उग्रतारा महिला तथा बाल विकास केन्द्रको उद्घाटन गर्दै प्रमुख विद्यासुन्दर शाक्यले विकास निर्माणको कामले गति लिएको बताएका हुन् । 

महानगरको विकास निर्माणका लागि ११५ वटा कार्यक्रम शुरु गरिएको जानकारी दिए । ती आयोजनाका लागि एक अर्ब भन्दा बढीको बजेट विनियोजन गरिएको छ । 

‘जीवन्त, सुन्दर र समृद्ध शहर बनाउने मेरो योजना निरन्तर अघि बढेको छ’–उनले भने, ‘मेलम्ची खानेपानी निर्माण, निर्माण सामग्री जथाभावी राख्ने जस्ता कारणले अझै हामीले सुन्दर सहर बनाउन सकेका छैनौँ । अब हामी यसमा ध्यान दिन्छौँ ।’ 

शाक्यले जथाभावी रुपमा सडकमा राखिएका निर्माण सामग्रीको व्यवस्थापन पनि भइरहेको स्पष्ट पारे । उनले स्थानीय तहको सरकार अहिले भएको र केन्द्र र प्रदेशमा पनि एमालेको सरकार भयो भने विकास गर्न सजिलो हुने दाबी गरे । 

‘स्थानीय तहमा एमालेको नेतृत्व छ’–उनले भने, ‘प्रदेश र संघमा वाम गठबन्धनलाई विजयी बनाएर पठाउनु होला । तपाईँहरुको विकासका सपना पूरा हुनेछन् ।’

सम्बन्धित समाचार

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चुनौती थपिँदै

वीरगञ्ज ।  टाँगिया बस्ती व्यवस्थापन हुन नसक्दा राष्ट्रिय गौरबको परियोजनाका रुपमा रहेका दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा चुनौती थपिँदै गएको छ ।  प्रदेश नं २ अन्तर्गत बाराको निजगढमा निर्माण हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय

सिमराको विशेष आर्थिक क्षेत्र निर्माण तीव्र गतिमा, पाँच ब्लकमा विभाजन गरी काम हुँदै 

बारा । सरकारले निर्यात जन्य उद्योग प्रवद्र्धन गर्न बिरगंज पथलैया औद्योगिक करिडोरलाई लक्षित गरी सिमरा–डुमरवाना बिचमा स्थापना गर्न लागेको करोडौं लागतको विशेष आर्थिक क्षेत्र (सेज) निर्माणको काम तीव्र गतिमा अगाडि

तमोर नदीको मोटरेबल पुल निर्माणले गति लियो

ताप्लेजुङ ।  ताप्लेजुङका दुई निर्वाचन क्षेत्रलाई जोड्ने दोभानस्थित तमोर नदीमाथिको मोटरेबल पुल निर्माण कार्यले तीव्रता पाएको छ ।  सम्झौताअनुसार ठेकेदार कम्पनीले समयमा काम नगर्दा आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको उक्त पुलको निर्माण कार्य

मेलम्ची खानेपानीको सुरुङ निर्माणमा ढिलाइ

चौतारा ।  बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग निर्माणको काममा सुस्तता आएको छ ।  ठेकेदार कम्पनीले निर्माण सामग्रीको अभाव भएको भन्दै कुनै दिन कामै नहुने, कुनै दिन एक मिटर खनिएको र काम भएको