• २०८१ बैशाख १४ शुक्रबार

पूर्वप्रधानमन्त्री खनाल र पूर्वसभामुख नेम्बाङ्गको क्षेत्रबाट कांग्रेस प्रवेश गर्नेको लर्को

kharibot

पशुपतिनगर (इलाम) । नेकपा एमालेका वरिष्ठ नेताहरुको क्षेत्रबाट एमाले छोडेर कांग्रेस प्रवेश गर्नेको लर्को लागेको छ । पूर्व प्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुवास नेम्वांगको क्षेत्रबाट सयौँको संख्यामा कांग्रेस प्रवेश गरेका हुन् ।  

इलाम क्षेत्र न १, एमालेको गढ नै ठानिएको सूर्योदय नगरपालिकाको पशुपतिनगरबाट ८० घर परिवारका मूलीहरु बिहीबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । यस्तै एमालेका सुवास नेम्वाङको क्षेत्रमा पर्ने इलाम नगरपालिकाबाट पनि चार सय परिवार कांग्रेसमा प्रवेश गरेको नेपाली काग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसका तर्फबाट स्थानीय नेता भुपेन्द्र कट्टेलले एउटै क्षेत्रमा खनालसँग प्रतिस्प्रर्धा गर्दै छन् । उनले झलनाथ खनालले तीस वर्षमा गर्न नसकेको काम सम्पन्न गर्ने बताएका छन् । इलाम क्षेत्र नं. १ को प्रदेश सभा (क) मा कांग्रेसका प्रभावशाली नेता देवेन्द्र राई र (ख) मा दुर्गा बराल चुनावी मैदानमा छन् ।

त्यस्तै, इलामको निर्वाचन क्षेत्र न २ मा एमालेका नेता नेम्बांगसँग नेपाली काग्रेसका उम्मेदवार केशव थापा चुनाव लड्दै छन् । सो क्षेत्रको प्रदेश न १ मा काग्रेसका डम्बर खड्का र प्रदेश २ मा खगेन्द्र देवान चुनावी मैदानमा छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै