• २०८१ बैशाख १४ शुक्रबार

अर्काको नागरिकता ल्याएर म्यादी प्रहरीमा जागिर खाने पक्राउ

kharibot

अछाम । अछाम जिल्ला प्रहरी कार्यालय अछाममा भर्ना भएका म्यादी प्रहरीमध्ये एकजना नक्कली म्यादी पक्राउ परेका छन् । 

प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीमध्ये किर्ते नागरिकता पेश गरी भर्ना भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले जानकारी दिए । 

तुर्माखाद गाउँपालिका–४ बस्ने १८ वर्षीय सुरेश नेपालीले आफ्नै गाउँको जिल्ला बाहिर रहेका व्यक्तिको नागरिकता पेश गरी म्यादी प्रहरीमा भर्ना भएको खुल्न आएको र निजलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाइएको बताइएको छ । जिल्लामा एक हजार २४३ जना म्यादी प्रहरी छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै