• २०८१ बैशाख १४ शुक्रबार

चेल्सी च्याम्पियन्स लिगको अन्तिम १६ मा, विलियनले गरे दुई गोल 

kharibot

काठमाडौँ  इङलिश क्लब चेल्सीले अजरबैजानको क्लब कराबागलाई पराजित गर्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको छ । गएराती भएको खेलमा चेल्सीले कराबागलाई ४-० ले पराजित गरेको हो ।

चेल्सीको जितमा ब्राजिलियन मिडफिल्डर विलियनले दुई गोल गरे । खेलको १९औ मिनेटमा रातोकार्ड पाएर सदिकोभले मैदान छोडेपछि १० खेलाडीमा सिमित काराबागलाई चेल्सीले खुलेर खेल्न दिएको थिएन । चेल्सीका लागि इडेन हजार्डले पेनाल्टी मार्फत एक गोल गरे भने एक गोल फर्बिगासले गरेका थिए ।

यो सँगै चेल्सी च्याम्पियन्स लिगमा १५औ पटकमा १४ पटक दोस्रो चरणमा प्रवेश गरेको छ । 

यसै खेलमा गोल गर्दै बेल्जियममा इडेन हजार्डले च्याम्पियन्स लिगमा ८ गोल गर्दै च्याम्पियन्स लिगमा धेरै गोल गर्ने बेल्जियमका खेलाडी बनेका छन् ।

समुह सि मा चेल्सी ५ खेलमा १० अंक सहित शिर्ष स्थानमा रहदै अन्तिम १६ मा स्थान पक्का गरेको हो भने कराबागको ५ खेलमा केबल २ अंक रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै