• २०८१ बैशाख १४ शुक्रबार

च्याम्पियन्स लिगमा स्विस क्लब बसेलसँग हार्यो म्यान्चेस्टर युनाइटेड  

kharibot

काठमाडौँ । म्यान्चेस्टर युनाइटेड च्याम्पियन्स लिगको अन्तिम १६ मा छनौट हुन् अन्तिम खेलसम्म रोकिएको छ । गएराती भएको च्याम्पियन्स लिग अन्तर्गतको समुह चरणको खेलमा स्विटजरल्याण्डको क्लब बसेलसँगको खेलमा अन्तिम मिनेटमा गोल खादै पराजित भएपछि अन्तिम १६ मा जान अब अन्तिम खेल पर्खिनु पर्ने भएको हो ।

खेलको ८९औ मिनेटमा बसेलका मिचेल लांगले गोल गर्दै बसेललाई जिताएका थिए । यो जितसँगै बसेलको पनि अन्तिम १६ मा पुग्ने सम्भावना जिवितै छ । समुह ए मा म्यान्चेस्टर युनाइटेडको ५ खेलमा १२ अंक छ भने बसेलको ५ खेलमा ९ अंक रहेको छ । त्यस्तै रसियन क्लब सिएसकेए मस्कोको पनि ५ खेलमा ९ अंक नै रहेको छ ।

अब डिसेम्बर ५ मा म्यान्चेस्टर युनाइटेड सिएसकेए मस्कोसँग खेल्ने छ भने बराबरीको नतिजाले पनि युनाइटेड अन्तिम १६ मा पुग्ने छ । त्यस्तै बसेलले सोहि दिन बेनिफिकासँग खेल्ने छ । बेनिफिकाले अहिलेसम्म सबै खेल गुमाउदै शुन्य अंक रहेको छ ।

यस खेलबाट युनाइटेडका जलाटन इम्ब्रहिमोविचले ७ वटा क्लबबाट च्याम्पियन्स लिग खेल्ने रेकर्ड बनाएका छन् । उनले, एजेक्स, इन्टर मिलान, युभेन्टस, एसी मिलान, बार्सिलोना, पिएसजी र म्यान्चेस्टर युनाइटेड गरी सात क्लबबाट च्याम्पियन्स लिग खेल्ने खेलाडी बनेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै