• २०८१ बैशाख १४ शुक्रबार

बोर्डसमक्ष प्राइम र नेशनल लाइफले दिए झण्डै डेढ अर्बको हकप्रद आवेदन

kharibot

काठमाडौं । नेपाल धितोपत्र बोर्डसमक्ष प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले झण्डै डेड अर्ब रुपैयाँबराबरको हकप्रद सेयर निष्काशन गर्नुुको लागि आवेदन दिएका छन् । बीमा समितिको निर्देशन जीवन बीमा कम्पनीहरुले २०७५ को असार मसान्तसम्म न्युुनतम दुुई अर्ब रुपैयाँको हाराहारीमा चुक्ता पुँजी कायम गर्नुपर्ने भएपछि ति कम्पनीहरुको हकप्रदको लागि आवेदन दिएका छन् ।

बोर्डका अनुसार प्राइमले ६१ करोड दुुई लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशनको लागि अनुुमती माग गरेको छ । कम्पनीले चुक्ता पुँजी बृद्धिको लागि एक बराबर एक दसमलव ६० को अनुुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी ६१ लाख  दुुई हजार कित्ता हकप्रद सेयर निष्काशनको लागि बोर्डमा आवेदन दिएको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रर्वन्धककोरुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

हाल चुक्ता पुँजी ६१ करोड दुुई लाख रुपैयाँ रहेको कम्पनीले चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा छ करोड ३४ लाख ३५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । प्र्रति सेयर आम्दानी ४१ रुपैयाँ ५८ पैसा तथा प्रति सेयर नेटवर्थ दुुई सय ६० रुपैयाँ ६७ पैसा रहेको कम्पनीले गत आवको सोही अवधिमा दुुई करोड २७ लाख २६ हजार रुपैयाँ खुुद मुनाफा आर्जन गरेको थियो ।

यसैगरी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ९९ करोड ३६ लाख ४७ हजार सात सय ५४ रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्नको लागि अनुुमती माग गरेको छ । कम्पनीले चुक्ता पुँजी बृद्धिको लागि १० बराबरको छ को अनुपातमा एक सय रुपैयाँ अं्रकित मुल्य कायम रहने गरी ९९ लाख ३६ हजार चार सय ७८ कित्ता हकप्रद सेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रर्वन्धककोरुपमा भने एनआईबिएल क्यापिटल लिमिटेड रहेको छ । चुक्ता पुँजी एक अर्ब ६५ करोड ६० लाख ७९ हजार पाँच सय ८० रुपैयाँ रहेको कम्पनीले चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा आठ करोड २० लाख ९१ हजार दुुई सय ४० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी १९ रुपैयाँ ८३ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ एक सय २७ रुपैयाँ ५९ पैसा रहेको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै