• २०८१ बैशाख १४ शुक्रबार

च्याम्पियन्स लिगमा मेसीलाई पछि पार्दै रोनाल्डोको नयाँ रेकर्ड  

kharibot

तस्बिर : इएसपीएन

काठमाडौँ । क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनेल मेसीबीच धेरै प्रकारले तुलना हुने गर्दछ । विगत एक दशकमा रोनाल्डो र मेसी मध्ये को उत्कृष्ट भन्ने विवाद संसार भर देख्न पाइन्छ । तर यसको उत्तर कुन चाहि सहि हो कसैले भन्न सक्ने स्थिति छैन । एकै समयका यी दुई महान खेलाडीको प्रतिष्पर्धामा च्याम्पियन्स लिगमा अहिले रोनाल्डो अगाडी देखिएका छन् । 

क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा फेरी नयाँ रेकर्ड बनाएका छन् । रोनाल्डो च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा बढी गोल गर्ने खेलाडी त पहिले नै बनेका थिए तर उनले गएरातीको खेलमा एक बर्षमा १८ गोल गरेर नयाँ सफलता हासिल गरेका छन् । जबकी मेसीको नाममा एक बर्षमा १३ गोल गरेको रेकर्ड रहेको छ ।

त्यस्तै रोनाल्डोले एकै क्लबबाट बढी गोल गर्ने खेलाडीमा पनि आफुलाई अगाडी उभ्याएका छन् । रोनाल्डोले रियल म्याड्रिडबाट च्याम्पियन्स लिगमा ९८ गोल गरेका छन् भने मेसीले ९७ गोल गरेका छन् ।

त्यस्तै गएराती अपोएलीसँगको खेलमा रोनाल्डोले बल असिस्ट गर्ने रेकर्ड पनि आफ्नो नाममा बनाएका छन् । च्याम्पियन्स लिगमा अहिलेसम्म रोनाल्डो ३१ असिस्ट गरेर यस्तो रेकर्ड बनाएका हुन् ।

सो रेकर्ड यस अघि म्यान्चेस्टर युनाइटेडका पुर्वखेलाडी रायन गिग्ससँग थियो । गिग्सले ३० असिस्ट गरेका थिए । च्याम्पियन्स लिगमा मेसीको नाममा २४ गोल असिस्ट गरेको रेकर्ड रहेको छ । त्यस्तै आर्सनलका मेसुट ओजिल र हाल म्यान्चेस्टर युनाइटेडका जलाटन इब्रहिमोविचले २२, २२ असिस्ट गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै