म सुदूरपश्चिमकी बुहारी हुँ – आरजु देउवा   

खरीबोट

धनगढी(कैलाली) । नेपाली कांग्रेस नेतृ डा.आरजु राणा देउवाले आफू सुदूरपश्चिमकी बुहारी भएकोले कैलालीमा निर्वाचन क्षेत्र रोजेको बताएकी छन् । उनले कैलालीसहित प्रदेश नम्बर ७ (सुदूरपश्चिम) को समग्र विकासलाई पहिलो प्राथमिकता बनाएकोले यहीबाट चुनाव लडेको बताइन् ।
 
‘मलाई काठमाडौं, बाँके, बर्दिया सहित धेरै ठाउबाट चुनाव लड्न अनुरोध आएका थिए भन्दै डा. राणाले भनिन्-‘ तर मैले कैलालीको यो क्षेत्र रोजे ।’ क्षेत्र नम्बर ५ का नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार देउवाले मंगलबार धनगढी उपमहानगरपालिको वडा नम्बर ३ का बडहरा, विशालनगर, मसानटोल, चटकपुर लगायतका स्थानमा घरदैलौ र चुनावी सभा सम्पन्न गरिन् । 
 
चुनावी सभाहरुमा उनले आफूलाई सुदूरपश्चिमका समस्या र अवस्थाबारे राम्रो ज्ञान रहेको दावी गर्दै भनिन्, ‘यँहाको तीब्र आर्थिक सामाजिक विकासको अठोट सहित म चुनावमा होमिएकी छु । यो क्षेत्र पिछडिएको क्षेत्रको रुपमा अब रहदैन ।’

उनले कांग्रेसले नै सुदूरपश्चिमलाई राजधानीसँग प्रत्यक्ष सम्पर्क स्थापित गराएको चर्चा गरिन् ।
 
‘२२ पुलको निर्माणपछि नै सुदूरपश्चिमको राजधानीसंग प्रत्यक्ष सम्पर्क स्थापित भएको हो’ उनले भनिन् ‘ सुदूरपश्चिम विश्वविद्यालयको स्थापना, मेडिकल कलेज, गेटा विमानस्थलको विस्तार लगायतका कार्य कांग्रेस नेतृत्वको सरकारका कारण मात्रै सम्भव भएको हो ।’
 
नेतृ देउवाले पश्चिम सेती जलविद्युत आयोजना, पञ्चेश्वर आयोजना, दोधारा-चाँदनीमा सुख्खा बन्दरगाह, गेटा विमानस्थलको स्तरोन्नती, गौरिफन्टा नाको स्तरोन्नत, एक वर्षभित्र पोलिक्लिनिक इन्स्टिच्युटको स्थापना, विशेष औद्योगिक क्षेत्र लगायत सुदूरपश्चिमको तीब्र आर्थिक विकासका प्रमुख आधारका रूपमा रहेका योजनाहरू कांग्रेसले नै अघि बढाउने उल्लेख गरिन् ।
 
कार्यक्रममा प्रदेश सभा सदस्य उम्मेदवार डिल्लीराज पन्तले लोकतन्त्रको स्थापना, संविधान सभाबाट संविधानको निर्माणको नेतृत्व गरेको कांग्रेसले संविधानको पूर्ण कार्यान्वयन तथा मुलुकको द्रुत आर्थिक विकास पनि कांग्रेसले नै गर्ने दावी गरे ।
 
चुनावी सभामा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड, उपप्रमुख सुशीला मिश्र भट्ट, वडा सभापति दिपेन्द्रबहादुर सिंह लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
 

सम्बन्धित समाचार

कांग्रेस केन्द्रीय समिति बैठक : संसदीय दलको विधान पारित, देउवालाई पौडेलले औँलो ठड्याए !

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आज ‘काँग्रेस संसदीय दलको विधान, २०७४’ अनुमोदन गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले पार्टीको संसदीय दलको विधान पारित गर्नाका

काँग्रेस संसदीय दलको नेताको निर्वाचन फागुन २१ गते

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको नेताको निर्वाचन आगामी फागुन २१ गते हुने भएको छ । आइतबार बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले संसदीय दलको संशोधित विधान अनुमोदन गरेको

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको विधान अनुमोदन गर्ने

काठमाडौँ ।  नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ‘काँग्रेस संसदीय दलको विधान, २०७४’ अनुमोदन गर्ने भएको छ ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने केन्द्रीय समिति बैठकले पार्टीको संसदीय दलको विधान पारित गरी संसदीय

काँग्रेसले संघीय संसदीय दलको विधान टुङ्ग्यायो

काठमाडौँ ।  नेपाली काँग्रेसले संघीय संसदीय दलमा पेश भएको विधानलाई परिमार्जनसहित पारित गरेको छ ।  काँग्रेस संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले नेता डा मीनेन्द्र रिजालले प्रस्तुत गरेको विधानको संशोधन प्रस्तावलाई पारित गरी