• २०८१ बैशाख १४ शुक्रबार

साताको तेस्रो कारोबार दिन नेप्सेमा झिनो सुधार

kharibot

काठमाडौं । नेप्सेमा बल्ल सुधार देखिएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिन कै हाराहारीमा रहेको छ । नेप्से तीन दशमलव आठ अंकले बढेर १४ सय ७२ दशमलव २४ विन्दुुमा चढेको छ । 

यसैगरी सेन्सिटिभ पनि शून्य दशमलव ९२ अंकले बढेर तीन सय १० विन्दुुमा चढेको छ । एक सय ५९ कम्पनीहरुको चार हजार दुुई सय ९० वटा कारोबारमा आठ लाख ४२ हजार छ सय ८२ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुुंदा कारोबार रकम ३५ करोड आठ लाख १८ हजार दुुई सय ५१ रुपैयाँ पुुगेको छ ।

सबैगरी नेप्सेमा आज कुुल १० वटा समूहको कारोबार भएकोमा छ वटा समुुहमा सुधार देखिएको छ भने चार वटा समूहको कारोबार सुचकमा गिरावट देखिएको छ । उच्च अंंकले बढेको बीमा समूहको सुचक १४ दशमलव ९५ अंकले बढेर सात हजार आठ सय ९९ दशमलव छ विन्दुुमा चढेकोमा सात करोड १६ लाख ५१ हजार छ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

यसदिन बाँणिज्य बैंक समूहको सुचक पनि पाँच दशमलव ५९ अंकले बढेर १२ सय ६१ दशमलव ८५ विन्दुुमा चढेकोमा १२ करोड २३ लाख ६७ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । जलविद्युत् समूहको सुुचक पनि छ दशमलव ६५ अंकले बढेर १८ सय ५५ दशमलव ६० विन्दुुमा चढेकोमा दुुई करोड १० लाख ८० हजार दुुइ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसबाहेक टे«डिङ, होटल र लघुबित्त समूहको सुचक पनि आज क्रमश १५ दशमलव ६२, नौ दशमलव पाँच र तीन दशमलव २९ विन्दुुले सुधार देखिएको छ ।

बिकास बैंक समूहको सुचक भने तीन दशमलव २३ अंकले घटेर १७ सय २३ दशमलव ८२ विन्दुुमा झरेकोमा एक करोड ९१ लाख २१ हजार चार सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यि फाइनान्स, उत्पादनमुुलक र अन्य समूहको सुचक पनि आज उच्च अंकले घटेका छन ।

आज बढी कमाउने कम्पनीको सूचीमा परेको ग्रिन डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मुल्ष् नौ रुपैयाँ ८४ पैसाले बढेर पाँच सय ५८ रुपैयाँमा कारोबार भएको छ भने गुुमाउने कम्पनीको सूचीमा अग्रस्थानमा परेको  प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य छ रुपैयाँ तीन पैसाले घटेर दुुई सय १८ रुपैयाँमा कारोबार भएको छ ।

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको नागवेली लघुबित्त बिकास बैंकको संस्थापक सेयरतर्फ प्रतिकित्ता १८ सय रुपैयाँ अन्तिम मूल्यमा चार करोड २६ लाख ६० हजार रुपैयाँको कारोबार भएको छ ।

यसैगरी एभरेष्ट बैंकको पनि ११ सय ५५ रुपैयाँ अन्तिम मूल्यमा दुुई करोड ५८ लाख ३७ हजार छ सय ६३ रुपैयाँको सेयर कारोबार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै