• २०८१ बैशाख १४ शुक्रबार

सेक्सको एडिक्सन बारे जानकारी छ ? यसरी पाउन सकिन्छ छुटकारा  

kharibot

काठमाडौँ । मानव जीवनमा सेक्सको आफ्नै महत्व छ । समाजको विकास र सामाजिक संरचनाको विकासमा सेक्सले आफैमा महत्व राख्दछ तर यसको दुरुपयोग भयो बहने यो त्यति नै हानिकारक हुन् जान्छ ।

हाम्रो समाजलाई विकृतियुक्त बनाउन सेक्सको दुरुपयोगको ठुलो भूमिका छ । हरेक दिन सुनिने बलात्कारका घटना देखि हालै हलिवुडमा देखिएको अभिनेत्रीहरु प्रतिको दुर्व्यवहार सेक्सको लतका नतीजा हुन् । सेक्सको लतले हाम्रो जीवनलाई मात्र बर्वाद गर्दैन समाज र यसका विभिन्न क्षेत्रलाई नै कलंकित बनाइदिन्छ । 

तपाई हामीलाई थाहा छ कि जुनसुकै चिजको पनि अति प्रयोगले नोक्सान पुर्याउन्छ ।  के तपाईलाई थाहा छ कि सेक्सको पनि लतपनि बस्छ ? जब सेक्स तपाईलाई हैरानी लाग्न थाल्छ तब तपाई थाहा पाउनु पर्योकी तपाई सेक्सको लतमा हुनुहुन्छ । हामीले यँहा यस्तो सेक्स सम्बन्धि लतबाट कसरी बाहिर आउने भन्ने बारे केहि उपायको चर्चा गर्न खोजेका छौ :

नियमीत हस्तमैथुन गर्नु, कहिले कहिले पोर्न फिल्म हेर्नु, सेक्स पाटर्नरसँग दिनमा दुईपटक सेक्स गर्नु, उत्तेजित कपडा लगाएकी महिलाहरुमा आँखा लगाउनु लगाएतका कुराहरु सेक्स एडिक्शनमा पदैनन् । तर त्यहि हस्तमैथुनबाट सन्तुष्टी नमिल्नु, पोर्न फिल्म वा तस्विर हेर्नु, महिलाहरुलाई सधै गलत नजरले मात्र हेर्नु, दिनमा दूई पटक सेक्स गर्दा पनि सन्तुष्टि नमिल्नु, सेक्सका लागि कम उमेरका युवतीहरु खोज्नु सेक्स अडिक्शन भित्र पर्दछन् । 

जब मानिसहरुलाई सेक्स लतका रुपमा बसिसकेको कुरा थाहा पाउछन् । त्यसपछि सबैभन्दा पहिलो कुरा आफु एडिक्शनमा परेको कुरा स्विकार्दैनन् । तर, आफैभित्र भने मानिरहेका हुन्छन् कि यो सामान्य अवस्था भन्दा बाहिर छ र यो समस्याको रुपमा देखा परि सकेको छ, यो नै उपचारको बाटो देखाउने पहिलो कदम हुनेछ । तपाई सेक्स एडिक्ट हो भन्ने कुरालाई नकार्नु हुदैन र योसँग लड्नु पर्छ र यसलाई सुल्झाउने तिर अगाडि बढ्नु पर्छ । 

त्यो कुन चिज हो कि तपाईलाई सेक्स गर्ने इच्छा जगाउछ ? । के तपाई आफुलाई कमजोर महसुस गर्दै गर्दा वा प्रेमीदेखी  टाढीनु पर्दा यस्तो हुन्छ ? अथवा तपाई सोच्नुहुनछ कि जीवन छोटो छ र आफ्नो हरेक इच्छा पुरा गर्दै जानु पर्छ ? यदि तपाईले कुन हिसाबले तपाईले सेक्स लत लाग्छ बुझ्ने भयो भने यसलाई नकार्न मदत पुर्याउछ । 

जब तपाईलाई थाहा हुन्छ कि कुन चिजले तपाईको सेक्सको लत लाग्छ । त्यसपछि यसबाट बच्ने कोशिस गर्नुहोस् । अरु कुनै विषयवस्तु तिर आफ्नो भ्यान लगाउनुहोस् । आफ्नो रुचिको विषयमा लाग्नुस् , त्यो इच्छा शक्तिको विषय हुनुपर्छ, लेखन, खाना बनाउनु, ट्रेकिङ लगाएतमा लाग्नुस् जुन रचनात्मक काममा हुन्छ। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै