• २०८१ बैशाख १५ शनिबार

एंगेला मर्केल सरकार बनाउन असफल भएपछि जर्मनीमा राजनीतिक संकट बढ्यो 

kharibot

बर्लिन । जर्मनीमा एंगेला मोर्केलले गठबन्धनको सरकार बनाउन असफल भएपछि राजनीतिक संकट बढ्ने संकेत देखिएको छ ।

मर्केलले अल्मतको सरकार बनाउनु भन्दा फेरी निर्वाचनमा जानु उपयुक्त हुने धारणा सार्वजनिक गरेपछि गठबन्धन बनाउने उनको प्रयास असफल भएको बुझिएको छ । गत आइतबार उदारवादी फ्री डेमोक्रेटिक पार्टी (एफडीपी) ले सरकार बनाउने वार्ताबाट बाहिरिने निर्णय गरेको थियो । 

गत सेप्टेम्बरको निर्वाचनमा मर्केलले नेतृत्व गरेको पार्टीले कुल ६३१ संसद सिटमा केबल २४६ सिटमा जित हासिल गरेको थियो । त्यस्तै एसपीडी पार्टीले १५३, एएफडी पार्टीले ९४, एडीपी पार्टीले ८०, लेफ्ट पार्टीले ६९ र ग्रिन पार्टीले ६७ सिटमा जित हासिल गरेका थिए ।

१२ बर्षसम्म जर्मनीको चान्सलर बह्येकी मर्केल अहिले सम्मकै ठुलो चुनौतीबाट गुज्रिएको जर्मनी मिडियाअह्रुले उल्लेख गरेका छन् । एक टेलिभिजनसँग कुरा गर्दै मर्केलले आफुले सोचे भन्दा नयाँ सरकार बनाउने कुरा पेचिलो र गार्हो बन्दै गएको बताइन् । उनले जर्मनीलाई एक स्थायी सरकारको आवश्यकता भएको भन्दै फेरी निर्वाचनमा जानुको विकल्प अहिले आफुले नदेखेको बताइन ।

जर्मनी राष्ट्रपति फ्रेंक वाल्टरले दलहरुलाई अपिल गर्दै आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् । उनले जर्मनीको हितकाल आगी सम्झौता गरेर अगाडी बढ्न आग्रह गरेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै