• २०८१ बैशाख १४ शुक्रबार

साउदी अरेबिया जहाँ महिलासँग बोलेकै निहुँमा जेल जानुपर्छ !

kharibot

मध्यपूर्वी एसिया । महिलासँग बोलेकै निहुँमा साउदी अरबमा एक जना पुरुषलाई पक्राउ गरिएको छ । जब कि पुरुषसँग महिला नै बोल्न अघिसरेकी थिइन् । एउटा फाष्ट फुड रेष्टुरेन्ट अगाडि महिलासँग बोलेको निहुँमा साउदी अरेबियाको प्रहरीले पुरुषलाई पक्राउ गरेको हो ।

अंग्रेजी अनलाइन डेली मेलले उक्त दृश्यको भिडियो नै प्रकाशित गरेको छ । यो घटना सिटी अफ मक्काको पछाडि रहेको एउटा फाष्ट फुड रेष्टुरेन्ट बाहिरको हो । भिडियोअनुसार उक्त महिला र पुरुषले लामो गफगाफ पनि गरेका छैनन् तर प्रहरीले भने मूल्य र मान्यताविरोधी हर्कत देखाएकोले पक्रिएको स्पष्टीकरण दिएको छ । उक्त घटनालाई लिएर सार्वजनिक धारणा पनि बाँडिएका छन्, केहीले अनैतिक भने पनि धेरैले उनीहरुले त्यस्तो नराम्रो केही नगरेको बताएका छन् ।

भिडियोमा देखिएकी महिला विद्यार्थी हुन् भने पुरुषचाहिँ एक जना कामदार । उक्त पुरुषलाई पक्रेर प्रहरीले स्थानीय नियमबमोजिम दण्डसजाय दिएको बताइएको छ । साउदी अरबमा महिलाहरुलाई पुरुषससँग बोल्न निषेध गरिएको छ । साउदीमा कडा मुस्लिम कानुनको अभ्यास गरिँदै आएको छ । महिलाहरुले बुर्का अनिवार्य रुपमा लगाउनुपर्ने नियम रहेको छ । सार्वजनिक स्थानमा इस्लामिक मूल्य र मान्यतासँग मेल नखाने गतिविधि भएमा सरकारले कडा कारबाही गर्ने गर्छ ।

सोही कारण साउदी अरेबियाले मानवअधिकारविरोधी कार्य गरेको आरोप उक्त देशमाथि लाग्दै आएको छ । सन् २००२ मा छात्राहरुलाई बुर्का नलगाएकै कारण मक्कावरपर जान नै निषेध गरेको थियो । केही समयअघि मात्रै फ्रि साउदी लिबरल्स नामको वेबसाइट बनाएर इस्लामको धज्जी उडाएको भन्दै एक जना ब्लगरमाथि हजार कोर्रा हानिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै