• २०८१ बैशाख १४ शुक्रबार

चमेलिया प्रसारणलाइनमा ७ गतेदेखि विद्युत् ‘चार्ज’ गरिँदै, ४ सय १२ टावर छुन निषेध 

kharibot

फाइल तस्बिर

निर्माणाधिन चमेलिया जलविद्युत् आयोजनाले यही मंसिर ७ गते आफ्नो उत्पादन प्रसारण लाइनमा जोड्ने तयारी गरेको छ । आयोजनाको काम अन्तीम चरणमा पुगेकोले आगामी विहिबारदेखि प्रसारण लाइनबाट विद्युत् प्रवाह (चार्ज) तयारी गरेको हो ।

नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकर संयुक्त लगानी साथै दक्षिण कोरिया सरकारको ऋण सहयोगमा आयोजनाले १ सय ३१ केभी प्रसारण लाइनबाट विद्युत् प्रवाहको तयारी गरेको हो । आयोजनाले एक सूचना जारी गरी दार्चुला, बैतडी, डडेलल्धुरा, डोटी र कैलालीका विभिन्न क्षेत्रमा रहेका टावरहरु, तार, तथा अन्य संरचना नछुन तथा टावरहरुमा चढ्ने काम नगर्न सबैलाई आग्रह गरेको छ । 

विहिबारदेखि विद्युत् चार्ज हुने भन्दै आयोजनाले सूचनामा भनेको छ, ‘दार्चुला जिल्लाको शैल्य शिखर नगरपालिका वडा न. १, बलांचदेखि बैतडी, डडेल्धुरा, डोटी हुँदै कैलाली जिल्लाको गोदावरी नगरपालिका अत्तरियासम्म रहेका ४१२ टावर, तार तथा अन्य संरचनाहरु छुने, टावर चढ्ने कार्यहरु नगर्न र कुनै क्षति भएमा सरकार तथा आयोजना जिम्मेवारी हुनेछैनन् ।’
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै