• २०८१ बैशाख १६ आइतबार

‘सुहागरात’ मा दुध किन पिउने ?

kharibot

काठमाडौँ । हाम्रो देशमा कैयौं यस्तो रितिरिवाजहरु छन् जसलाई हामीले जानी नजानी व्यवहारमा ल्याउन्छौ । अझ यस्ता रितिरिवाज या प्रचलन किन गरिन्छ भन्ने जानकारी नलिई नै त्यस्तै गरिरहेका हुन्छौ । केही रितीरिवाजहरुमा निकै ठुलो अर्थ दिने खालमा हुन्छन् । यस्तै चलन मध्ये सुहागरातमा दुध पिउनु पनि एक हो । यसका केही वैज्ञानिक कारणहरु यस्ता छन् । 

के हो परम्परा ?

सुहागरातको दिनमा वेहुला वेहुलीले दुध पिउने परम्परा छ । दुधमा केसर र बदाम पनि राखीएका हुन्छन् । यस्तो कुनै व्यक्तिहरु बदम पनि हाल्ने गर्दछन् । दुध, बदाम र सौंफको जुस पनि मिलाउने गरेको पाइन्छ । 

दुध पेय पदार्थमा उत्कृष्ट चिज हो

हिन्दु धर्मको मान्यता अनुसार दुधलाई पवित्र मान्ने गरिन्छ । किनकी नयाँ जोडी नयाँ जीन्दगी शुरु गर्न लागिरहेका छन् र दुधलाई पवित्र ठानेर नयाँ जोडीलाई दुध पिउन लगाइन्छ । 
यसको शुरुवात कहाँबाट भयो?

लेखहरुका अनुसार कामसुत्रमा भनिएको छ की दुध पिउदा नव विवाहित जोडीको पहिलो पटकको सेक्स गर्दा दुबैको सेक्स गर्ने क्षमता बढ्छ जसले सुहागरातलाई जीवनभर स्मरणीय बनाउन मद्धत गर्दछ । 

साथै दुध, केसर र साना साना टुक्रा बनाएको बदाम विवाहको थकान पछि शाक्ति प्रदान गरोस भनि पिउने गरिन्छ । यस्तो यसकारणले हुनेगर्छ किनकी दुध र बदाममा धेरै मात्रामा प्रोटीन हुनेगर्छ जसले शरिरलाई  तागत प्रदान गर्छ । टेस्टोटेरान र एस्ट्रोजन हार्मोनको निर्माणमा पनि प्रोटिनको जरुरत हुन्छ । यो हार्मोनले सेक्स गर्दा आन्नद बढाउने काम गर्दछ । 

त्यस्तै दुध, केसर र साना साना टुक्रा पारी दुधमा राखिएको बदामको मिश्रणसहितको सेवनले हाम्रो शरीरमा तत्काल उर्जा प्रदान गर्दछ जुन नवविवाहित जोडीका फाइदाजनक हुन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै