• २०८१ बैशाख १४ शुक्रबार

सूचक र कारोबार रकम दुुवै घटेपछि सेयरबजार ओरालो लाग्यो

kharibot

काठमाडौं । नेप्से सूचक तथा कारोबार रकम दुुबै नै आज घटेका छन् । साताको पहिलो कारोबार दिन आज आईतबार नौ वटा समूहको कारोबार भएकोमा उत्पादनमुुलक समूहको सूचकमा छ दशमलव ८२ अंकले सुधार देखिएको छ भने बाँकी समूहको सूचकहरु उच्च अंकले घटेको छ ।

नेप्से आज १३ दशमलव ३४ अंकले घटेर १४ सय ७५ दशमलव ७२ विन्दुुमा पुुगेको छ । सेन्सिटिभ पनि दुई दशमलव ५२ अंकले घटेर तीन सय १० दशमलव ६० विन्दुुमा पुुगेको छ । एक सय ५६ कम्पनीहरुको पाँच हजार एक सय १८ वटा कारोबारमा ११ लाख ५५ हजार छ सय ९२ कित्ता सेयर खरिद बिक्री भएकोमा कारोबार रकम ४५ करोड ५२ लाख सात सय २९ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज कुुल नौ वटा समूहको कारोबार भएकोमा बीमा समूहको सूचक एक सय ३४ अंकले घटेको छ । उक्त समूहको सूचक सात हजार नौ सय १३ दशमलव ३६ अंकमा कायम रहेकोमा छ करोड ८२ लाख १७ हजार पाँच सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । वाणिज्य बैक समूहको सूचक सात दशमलव ३४ अंंकले घटेर १२ सय ६३ दशमलव ३६ विन्दुुमा झरेकोमा २२ करोड ६५ लाख ३२ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

विकास बैंक समूहको सूचक १७ दशमलव ६६ अंकले घटेर १७ सय ३२ दशमलव ३२ विन्दुुमा झरेकोमा दुुई करोड २१ लाख ५१ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । जलबिद्युुत समूहको सूचक १० दशमलव ४५ अंकले घटेर १८ सय ६२ दशमलव ७२ विन्दुुमा कायम रहेकोमा तीन करोड २५ लाख ५४ हजार चार सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

होटल, फाईनान्स लघुबित्त र अन्य समूहको सूचकमा पनि आज गिरावट आएको छ । आज बढी कमाउने कम्पनीको सूचीमा परेको ग्रिन डेभलपमेन्ट बैकको प्रतिकित्ता सेयर मूल्य तीन रुपैयाँ ५९ पैसाले बढेर चार सय ६० रुपैयाँमा कारोबार भएको छ भने बढी गुुमाउने कम्पनीको सुुचीमा परेको नेपाल हाईड्रो डेभलपर कम्पनीको सेयर मूल्य नौ रुपैयाँ १५ पैसाले घटेर दुुई सय ७८ रुपैयाँमा कारोबार भएको छ ।

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको एभरेष्ट बैकको ११ सय ४८ रुपैयाँ अन्तिम मूल्यमा सात करोड ६६ लाख ४८ हजार सात सय ९३ रुपैयाँको सेयर कारोबार भएको छ  ।

यसैगरी सोल्टी होटल लिमिटेडको पनि तीन सय नौ रुपैयाँ अन्तिम मूल्यमा दुुई करोड २७ लाख ३७ हजार तीन सय ९३ रुपैयाँको सेयर कारोबार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै