• २०८१ बैशाख १५ शनिबार

काठमाडौँ महानगरले रत्नपार्कको सार्वजनिक शौचालयबाट बायोग्याँस निकाल्ने    

kharibot

काठमाडौँ । काठमाण्डौँ महानगरले रत्नपार्कमा रहेको सार्वजनिक शौचालयबाट बायोग्यास निकाल्ने भएको छ ।  

विश्व शौचालय दिवसको अवसरमा काठमाण्डौँ महानगरपालिकाले आजै बायोग्यास प्लान्टको सिलान्यास गरेको हो । काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले बायोग्यास प्लान्टको शिलान्यास गरेका हुन् । 

एरोशान नामक संस्थासँग सहकार्य गरेर झण्डै ६ लाख रुपैँयामा बायोग्यास प्लान्ट निर्माण गर्न लागीएको हो । दुई महिना भित्र बनाई सक्ने लक्ष्य राखीएको प्लान्टबाट उत्पादन हुने ग्यास रत्नपार्क वरीपरीका होटलमा बेचीने बताईएको छ ।

त्यस्तै प्लान्टबाट निस्कने लेदोलाई कम्पोष्ट मल बनाएर पार्क कै फुल तथा बोट बिरुवामा प्रयोग हुने काठमाण्डौँ महानगरपालीकाले जानकारी दिएको छ । आजको कार्यक्रमबाट रत्नपार्कलाई “शंखधर पार्क” नामकरण समेत गरीएको छ ।  
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै