• २०८१ बैशाख १४ शुक्रबार

पौडेलमाथिको आक्रमण हत्या गर्ने मनशायको – नेपाली कांग्रेस

kharibot

काठमाडौँ । कांग्रेसले आफ्ना वरिष्ठ नेता रामचन्द्र पौडेल लक्षित प्रेसर कुकर बम आक्रमण हत्या गर्ने मनशायले भएको बताएको छ ।

शनिबार नेता पौडेललाई लक्षित गरी तनहुँ जिल्लाको भानु नगरपालिका वडा नं। १० स्थित नेपाल डाँडा नजिक आपराधिक समूहले प्रेसर कुकर बम प्रहार गरेका थिए । 

गोरखा जिल्लाको पालुङ्गटारको चुनावी सभालाई सम्बोधन गरी लम्जुङको वेशीशहरमा पार्टीद्वारा आयोजित आमसभालाई सम्बोधन गर्न जाने क्रममा करीब ३:१५ बजे नेता रामचन्द्र पौडेल चढेको सवारी साधनमाथि बम प्रहार भएको थियो । सवारी साधनमा क्षति पुगेको भएता पनि नेता पौडेल सुरक्षित रहेका छन् । नेता पौडेलको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरु भने घाइते भएका छन् ।

कांग्रेसले लोकतन्त्रप्रतिको उर्लदो अपार जनलहरबाट अतालिएर दिनानुदिन नेपाली कांग्रेसका नेताहरुलाई लक्षित गरी लोकतन्त्रलाई नै समाप्त पार्ने ढंगले आपराधिक मानसिकता बोकेका सुनियोजित समूहद्वारा बारम्बार यस प्रकारका घटनाहरु घटिरहनु अत्यन्त दुःखद विषय भएको बताएको छ ।

जुनसुकै समूहले यस्ता आपराधिक घटना घटाएको भएता पनि नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक यस घटनाबाट रत्तिभर विचलित नहुने कांग्रेसले जनाएको छ ।

कांग्रेसले नेता पौडेलको हत्या नै गर्ने मनसायले गरिएको यस प्रकारको घृणित क्रियाकला भएको भन्दै आक्रमणप्रति नेपाली कांग्रेस घोर निन्दा र भ्रत्सना गरेको छ । 

साथै कांग्रेसले यस प्रकारका आपराधिक घटनाहरु पुनः नदोहोर्याउन चेतावनी दिन दिएको छ । साथै, घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल खोजी गरी कडा भन्दा कडा कार्वाही गर्न र घाइतेहरुको उचित उपचारको प्रबन्ध गर्न कांग्रेसले सरकारसँग माग गरेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै