• २०८१ बैशाख १४ शुक्रबार

विश्व चर्चित गीत ‘डेस्पेसिटो’ ले जित्यो ४ ल्याटिन ग्रामी अवार्ड  

kharibot

लस एन्जल्स । विश्व चर्चित गीत ‘डेस्पेसिटो’ ले लस भेगासमा आयोजना गरिएको ल्याटिन ग्रामी अवार्डमा ४ अवार्ड जितेको छ ।

यस गीतलाई बर्षको उत्कृष्ट गीतको अवार्ड पनि दिईएको छ । यस गीतकी लेखिका इरिक एण्डरले पनि ल्याटिन ग्रामी अवार्ड जितेकी छन् । लुइस फोन्सीलाई ‘डेस्पेसिटो’ का लागि बर्षको उत्कृष्ट गीत, रेकर्ड ओफ द इयर र उत्कृष्ट म्युजिक भिडियोको अवार्ड दिइएको थियो ।

साथै ‘डेस्पेसिटो’ को रिमिक्स भर्सनको लागि पनि लुइसलाई उत्कृष्ट अरबन फ्युजनको अवार्ड दिइएको थियो ।  

यस गीतलाई युट्युबमा ४ अर्ब ३३ करोड ४२ लाख पटक बह्न्दा बढी हेरिएको छ । कुनै पनि गीतलाई युत्युब्मा यतिधेरै पटक हेरिएको यो पहिलो पटक हो ।


पढ्नै पर्ने

लोकप्रिय

भर्खरै