• २०८१ बैशाख १४ शुक्रबार

अफगानिस्तानविरुद्ध अनिल शाहको महत्वपूर्ण अर्धशतक 

kharibot

काठमाडौँ । मलेसियामा जारी अन्डर १९ एसिया कप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा अनिल शाहले अफगानिस्तानविरुद्ध महत्वपूर्ण अर्धशतक बनाएका छन् ।

नेपालको सुरुवाती क्रमका ब्याट्सम्यान प्याभिलियन फर्किसकेको अवस्थामा अनिलले क्रिजमा टिकेर नेपाललाई सम्मानजनक अवस्थामा पुरयाउन सयोग गरेका थिए । अनिलेले ५७ बलमा ५० रन बनाएर आउट भएका छन् ।

अनिलेले आफ्नो इनिंगमा ७ चौका र एक छक्का प्रहार गर्दै अर्धशतक पुरा गरेका हुन् । कुल ५६ बलको सामना गर्दै अनिलले ५० रन बनाएका हुन् ।

नेपालका लागि अन्य ब्याट्सम्यानले भने निराश बनाएका छन् । सुरुवाती क्रममा ब्याट्सम्यान जितेन्द्र सिंह ठकुरी, असिफ शेख, दिपेन्द्र सिंह ऐरी र रोहित कुमार छिटो आउट हुदा नेपाल अहिले दबाबमा खेलिरहेको छ ।

नेपालले अहिले २१ ओभरमा छैठौ विकेट गुमाएर ८५ रन बनाएको छ ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै