मेसीले बार्सिलोना छोड्ने निर्णय गरे मेरो समर्थन रहनेछ – रोनाल्डिन्हो 

खरीबोट

काठमाडौँ । बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनेल मेसीले बार्सिलोना छोड्ने बारे हरेक दिन नयाँ नयाँ कुरा बाहिर आइरहेका छन् ।

बार्सिलोनाका पूर्वब्राजिलियन खेलाडी रोनाल्डिन्होले मेसीले बार्सिलोना छोड्ने निर्णय गरे आफुले मेसीलाई समर्थन गर्ने बताएका छन् । एक अन्तर्वार्ताका क्रममा रोनाल्डिन्होले मेसी आफ्नो अत्यन्त मिल्ने साथी भएकाले मेसीको खुशीमा आफ्नो समर्थन रहने बताएका छन् ।

बार्सिलोनका एम्बेसडर समेत रहेका रोनाल्डिन्होले मेसी जहिले जँहा खेल्छन फुटबलका लागि निकै ठुलो कुरा भएको बताउदै उनले मेसीको खुशी ठुलो कुरा भएको बताए । 

३० बर्षिय मेसी आफ्ना पुराना म्यानेजर पेप ग्वार्डिवालासँग म्यान्चेस्टर सिटीमा जाने तयारी गरेको समाचार आइरहेका छन् । आगामी जुनसम्म बार्सिलोनासँग सम्झौता रहेको मेसीले सम्झौता गर्ने सहमति जनाए पनि अझै हस्ताक्षर नगरेको बताइएको छ ।    
 

सम्बन्धित समाचार

मेसी र स्वरेजको गोलमा बार्सिलोना विजयी 

काठमाडौँ । स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियललाई पराजित गरेको छ । गएराती भएको खेलमा बार्सिलोनाले २-० ले जितेको हो ।  बार्सिलोनाको जितमा लिओनल मेसी र लुईस सुआरेजले एक एक गोल गरेका

रोनाल्डो जुनियरका आइडल मेसी, यसरी भयो इन्टनेटमा मजाक ! 

काठमाडौँ । विश्व फुटबलमा क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसी एक अर्काका प्रतिद्वंदी मानिन्छन् । मैदानमा भन्दा मैदान बाहिर यी दुई खेलाडीको प्रतिद्वान्दिताको चर्चा बढी हुने गर्दछ ।  यसैबीच रोनाल्डोका छोरा रोनाल्डो

मेसी सब्स्टिच्युट बनेको खेलमा स्पोर्टिंगमाथि बार्सिलोना विजयी 

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोना विजयी भएको छ । घरेलु मैदानमा मेसीलाई बेन्चमा राखेर खेल सुरु गरेको बार्सिलोनाले पोर्चुगीच क्लब स्पोर्टिंगलाई २-० ले पराजित गरेको छ ।  बार्सिलोनाको जितमा पाको

मेसीले बार्सिलोनाका लागि म्यान्चेस्टर सिटीको लोभलाग्दो अफर छोडेको खुलासा 

काठमाडौँ । बार्सिलोनाका अर्जेन्टिनी स्टार फुटबलर लिओनेल मेसीले इङलिश क्लब म्यान्चेस्टर सिटीको लोभ लाग्दो अफर छोडेको रिपोर्ट बाहिरिएको छ । स्पेनिस मिडिया मार्काका अनुसार सिटीले मेसीलाई एक सय मिलियन युरो साइनिंग