दुई दुर्घटनामा तीनजनाको मृत्यु

खरीबोट

हेटौँडा । हेटौँडाबाट नवलपरासीतर्फ जाँदै गरेको ना ३३ प ४६४८ नम्बरको मोटरसाइकललाई ना ७ ख ४८०७ नम्बरको टिपरले मकवानपुरमा हेटौँडा—नारायणघाट सडकखण्डको लेवट (बसामाडी) मा गएराति ठक्कर दिँदा मोटरसाइकल चालक र पछाडि बस्ने एक महिलासहित दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक नवलपरासी जिल्लाको गैँडाकोट नगरपालिका–ं७ बस्ने ३० वर्षीय अनिल जिसी र २३ वर्षीया पुनम विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

त्यसैगरी, त्रिभुवन राजपथको सामरीमा ना ६ त १०५१ नम्बरको ट्र्याक्टरले एक पैदलयात्रुलाई आज बिहान ४ बजे ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा हेटौँडा उपनगरपालिका–१५ बस्ने १९ वर्षीय आकाश लोप्चन रहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । प्रहरीले ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएको छ । 

सम्बन्धित समाचार

एम्बुलेन्सले ठक्कर दिँदा तीनजनाको मृत्यु 

सुनसरी ।  इटहरीको हलगडामा स्कुटरलाई एम्बुलेन्सले ठक्कर दिँदा तीनजनाको ज्यान गएको छ । आइतबार राति पौने एघार बजेतिर भएको दुर्घटनामा एकजनाको घटनास्थलमै र अरु दुईजनाको धरानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान

कांग्रेसका स्थानीय नेता शिवाकोटीको दुर्घटनामा निधन

दमक ।  नेपाली काँग्रेस गौरादह नगर समिति सदस्य कुलदाश शिवाकोटीको सडक दुर्घटनामा परेर निधन भएको छ ।  गौरादह–१ निवासी ४५ वर्षीय शिवाकोटीको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आज बिहान उपचारका क्रममा निधन भएको पार्टीका जिल्ला

तीर्थयात्री बोकेको बस दुर्घटना एक को मृत्यु

फलेवास । कुश्मा नगरपालिका–१४ स्थित धार्मिक तथा पर्यटकीयस्थल पञ्चासेमा आज अपराह्न भएको यात्रुवाहक बस दुर्घटनामा एक जनाको ज्यान गएको छ ।  पञ्चासेमा सद्बीज छर्नका लागि यात्रु लिएर गएको ध १ ख

माइक्रोबसको ठक्करबाट श्रीमान्–श्रीमतीको मृत्यु

सुरुङ्गा, झापा ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका–१ स्थित जुके कल्भर्ट सडकखण्डमा आज भएको सवारी दुर्घटनामा परी श्रीमान्–श्रीमतीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा दमक नगरपालिका–३ का ५३ वर्षीय रंगलाल ढकाल र उनका श्रीमती