पाटन औधोगिक क्षेत्रमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

खरीबोट

ललितपुर । पाटन औधोगिक क्षेत्रमा भीषण आगलागी भएको छ । बेलुकी ६ बजे ढलौट कारखानाबाट सुरु भएको आगोले आसपासका अरु उद्योगमा पनि क्षति पुगेको छ प्रहरी जानकारी दिएको छ ।

दमकल ढिलो आएको, पानी नभएको र रात पनि परेकाले आगो निभाउन कठिन भएको छ । अहिले दमकलको सहयोगले आगो निभाउने काम भैरहेको ललितपुर प्रहरीले जनाएको छ । अहिले आगो निभाउने प्रयास भइरहेको जनाइएको छ ।

काठमाडौँको केन्द्रमा पनि आगो लाग्ने वित्तीकै दमकल पुग्न नसक्दा आगो शुरु भएको ढलौट कारखानाबाट अरु कारखानामा सहजै लागेको बताइएको छ । आगो साँझपख लागेकाले बढी फैलिएको प्रहरीले जनाएको छ ।

हाल नेपाली सेना, सस्शत्र प्रहरी, नेपाल प्रहरी, स्थानीय बासिन्दाहरुको सक्रियतामा आगो निभाउने काम भैरहेको ललितपुर प्रहरीका असई तिलक कार्कीले खरीबोटलाई बताए । आगो निभाउन पानीको समस्या आएकाले पनि समयमा नियन्त्रण गर्न नसकेको असई कार्कीले बताए  । आगलागीको क्षति बारे अझै यकिन हुन् सकेको छैन ।

सम्बन्धित समाचार

पाटन औद्योगिक क्षेत्रमा भएको आगलागी करिब १६ घण्टापछि नियन्त्रणमा

काठमाडौं ।  ललितपुरको पाटन औद्योगिक क्षेत्रमा लागेको आगो करिब १६ घण्टापछि नियन्त्रणमा आएको छ । आगलागीका कारण दुई वटा उद्योग पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्लाष्टिकमा लागेको

पाटन औधोगिक क्षेत्रमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

ललितपुर । पाटन औधोगिक क्षेत्रमा भीषण आगलागी भएको छ । बेलुकी ६ बजे ढलौट कारखानाबाट सुरु भएको आगोले आसपासका अरु उद्योगमा पनि क्षति पुगेको छ प्रहरी जानकारी दिएको छ । दमकल

आगलागीमा परी एकको मृत्यु

काठमाडौँ । आलम मेकानिकल वर्कसप त्रिपुरेश्वरमा बिहीबार साँझ भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ ।  महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार आगलागीमा परी ज्यान गुमाएका व्यक्तिको पहिचान

आगलागीमा कमजोरी स्वीकार्दै मन्त्रीले दिए राजीनामा

लिस्बोन  ।  पोर्चुगलका आन्तरिक प्रशासन मन्त्री कन्स्टान्स अर्बानो डे सोउसाले राजीनामा दिएका छन् ।  भीषण आगलागीका कारण पोर्चुगलमा ठूलो धनजनको क्षति भएकोमा कमजोरी स्वीकार गदै उहाँले बुधबार राजीनामाको घोषणा गरेका छन् । आफ्नो राजीनामा पत्रमा