नेपाल प्रहरीमा ४ जना एआइजीमा बढुवा, एआइजीको संख्या १६ पुग्यो 

खरीबोट

काठमाडौँ । नेपाल प्रहरीमा अब प्राविधिक सहित १६ एआइजी भएका छन् । गृह मन्त्रालयको बढुवा समितिले ४ जनालाई एआइजीमा बढुवा गरेपछि एआइजीको संख्या १६ पुगेको हो । 

प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम ४ को प्रावधान अनुसार हेमन्त कुमार पाल, मधु प्रसाद पुडासैनी, माधवप्रसाद नेपाल र पंकज श्रेष्ठलाई एआइजीमा बढुवा गरिएको गृह मन्त्रालयले जनाएको छ । 

साथै एआइजी पाललाई प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोमा, मधु प्रसाद पुडासैनीलाई प्रधान कार्यालयको कार्य बिभागमा, माधवप्रसाद नेपाललाई तालिम निर्देशनालयमा र पंकज श्रेष्ठलाई महानगरीय विमानस्थल सुरक्षा कार्यालयमा दरबन्दी तोकिएको छ ।

यस अघि ७ जना एआईजी रहेकोमा पूर्वगृहमन्त्री जनार्धन शर्माले ११ पुर्याएका थिए । 

सम्बन्धित समाचार

राष्ट्रिय महिला फुटबल : नेपाल प्रहरी र मध्यमाञ्चल विजयी

काठमाडौँ ।  नेपाल प्रहरी र मध्यमाञ्चलले १६ औँ राष्ट्रिय महिला फुटबल लिग च्याम्पियनसिपअन्तर्गत आज भएका खेलमा जित हात पारेको छ ।  नेपाल प्रहरीले समूह ‘ए’ मा सुदूरपश्चिमलाई एकका विरुद्ध दुई गोलले पराजित गर्दै

शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ : नेपाल प्रहरी

काठमाडौँ ।  प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भइरहेका ४५ जिल्लामा शान्तिपूर्णरुपमा मतदान भइरहेको प्रहरीले जनाएको छ ।  नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले देशभर शान्तिपूर्णरुपमा मतदान भइरहेको र हालसम्म कुनै पनि सुरक्षा चुनौती नदेखिएको जानकारी

निर्वाचन बिथोल्ने एक हजार नियन्त्रणमा : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले बिहीबार हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन बिथोल्ने काममा संलग्न भएको आरोपमा झण्डै एक हजार जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले निर्वाचन नजिकिएसँगै विभिन्न दलका प्रमुख, नेता,

नेपाल प्रहरीमा ४ जना एआइजीमा बढुवा, एआइजीको संख्या १६ पुग्यो 

काठमाडौँ । नेपाल प्रहरीमा अब प्राविधिक सहित १६ एआइजी भएका छन् । गृह मन्त्रालयको बढुवा समितिले ४ जनालाई एआइजीमा बढुवा गरेपछि एआइजीको संख्या १६ पुगेको हो ।  प्रहरी नियमावली २०७१ को