भारतीय पक्षद्वारा सडक निर्माणमा अवरोध

खरीबोट
ad

कञ्चनपुर ।  कञ्चनपुरको उत्तरी क्षेत्र जोड्ने गड्डाचौकी–ब्रह्मदेव सडक निर्माणमा भारतीय पक्षले अवरोध पुर्याएको छ । 

नेपाल–भारत सीमा पिलर ८०९ (५ ‘ए’) नजिक निर्माण भइरहेको कालोपत्रे सडकमा ह्युमपाइपको विषयलाई लिएर भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको हो । 

नेपाली भूमिमै निर्माण भइरहेको सडकमा भारतीय पक्षले आफ्नो क्षेत्रभित्र पर्ने भन्दै हतियारसहित आएका एसएसबीले निर्माण भइरहेको सडकमा पानी निकासका लागि हालेको ह्युम पाइप निकाल्नुपर्ने दबाब दिएपछि विवाद भएको छ । 

भारतीय पक्षको अवरोधका कारण सडक निर्माणको कार्य नै रोकिएको स्थानीयवासीले बताएका छन् । सडक निर्माणमा एसएसबीले अवरोध गरेपछि निर्माण काम रोकिएको बारे जानकारी प्राप्त भएको छ प्रमूख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भने, “भारतीय पक्षसँग संयुक्त छलफल गरेर निर्माण कार्य अगाडि बढाइनेछ ।” 

गत वर्ष फागुनमा कल्भर्टको विषयलाई लिएर भएको विवादमा भारतीय एसएसबीले चलाएको गोली लागेर कञ्चनपुरको पुनर्वास नगरपालिकामा एकजना नेपालीले ज्यान गुमाएका थिए । 

सम्बन्धित समाचार

प्रदेश नं ४ का चार वटै केन्द्रलाई सडक सञ्जालमा जोडिने

पोखरा / प्रदेश नं ४ मा स्थानीय तहको प्रत्येक वडा केन्द्रलाई पालिकाको केन्द्रसँग र पालिकाको केन्द्रलाई जिल्ला सदरमुकाम एवं प्रदेशको राजधानीसँग सडक सञ्जालमा जोड्ने तयारी गरिएको छ ।  प्रदेश नं ४ को

बौद्ध स्तुपअघिको सडक धान रोप्न मिल्ने जस्तो, कहिले बन्छ सरकार ? (फोटो फिचर) 

काठमाडौँ । असारको महिना चुच्चेपाटी–बौद्ध–जोरपाटी सडक पेटीबाट हिँड्दा लाग्छ धान रोप्न तयार पारिएको यो एउटा लामो गरो हो ।  विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुप क्षेत्रमा महिनामा हजारौँ विदेशी पर्यटक आउँछन्

मुग्लिन-नारायणगढ सडकमा दुर्घटना रोक्न ‘राडार गन’ प्रयोग

रत्ननगर, चितवन । चितवनको नारायणगढ मुग्लिन सडक चौडा भएसँगै तीव्र गतिमा सवारी चलाउने र ओभटेक बढी हुन थालेपछि प्रहरीले कारबाही अभियान शुरु गरेको छ ।  तीव्र गति र ओभरटेकका कारण सवारी दुर्घटना

नारायणगढ –मुग्लिन सडक खण्डमा पहिराको जोखिम रोक्न जोखिम मोलेरै काम

 चितवन / नारायणगढ –मुग्लिन सडक–खण्डका भित्ता(भीर)मा रक क्लाम्बिङ खेल जस्तै मजदूरहरु टल्कने ज्याकेट र पहँेलो हेल्मेटमा भीरभीर देखिन्छन् ।  चिल्लो सडकमा कुदेका गाडीबाट मुण्टो ठाडो पारेर हेर्दा टुप्पामा मजदूरहरु भीरमा अड्किएर