एनआईसी एसियाको अनलाइन बचत खाता सञ्चालनमा

खरीबोट

काठमाडौं । एनआईसी एसिया बैंकले एनआईसी एसिया अनलाइन बचत खाता सञ्चालनमा ल्याएको छ । अनलाइन बचत खाताको सुरुवातसँगै ग्राहकहरुले आफूले चाहेको बखतमा बैंकको वेबसाइटमा गई तुरुन्त खाता खोल्ने फारम भरी सजिलै खाता खोल्न सक्ने बैंकले जनाएको छ ।

यस बचत खाताको सुरुवातसँगै देशविदेशमा रहेका ग्राहकहरुले उच्चस्तरीय बैंकिङ्ग सेवा प्राप्त गर्ने बैंकले जनाएको छ । यस अनलाइन बचत खाता देश तथा विदेशमा रहेका ग्राहकहरुलाई सजिलै खाता खोल्न सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको खाता हो । शून्य मौज्दातमै खोल्न सकिने यस खातामा ग्राहक बैंकमा उपस्थित नभईकन नै खाता खोली खाता नम्बर प्राप्त गर्न तथा अनलाइनमार्फत रकम जम्मा गर्न सक्ने विशेषता रहेको छ ।

बैंकले हाल देशभर रहेका आफ्ना १३६ शाखा, ४ विस्तारित काउण्टर, १४१ एटीएम, ३ शाखारहित बैंकिङ्ग सेवा र ४०५ भन्दा बढी पीओएस मेसिनमार्फत उच्चस्तरिय र ग्राहक केन्द्रित बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

करिब ६ लाख ३० हजार ग्राहकमा आफ्नो सेवा प्रदान गर्दै आइरहेको यस बैंकले यस अनलाइन बचतखातामार्फत देश तथा विदेशमा रहेका ग्राहकहरुलाई थप सेवाविस्तार गर्ने लक्ष्य लिएको बैंकका सहायक प्रमुख कार्यकारी रोशन न्यौपानेले जानकारी दिए ।

सम्बन्धित समाचार

एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको झिलझिलेमा

काठमाडौँ । एनआईसी एशिया बैंकको नयाँ शाखा शिवसताक्षी नगरपालिका वडा नं. ०८, झापा स्थित झिलझिले शाखाको एक समारोहका बिच नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठबाट विधिवत् समुद्घाटन भएको छ

एनआईसी एशिया बैंकको भाइबर बैकिङ्ग सेवा सुरु

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरुको सुबिधालाई मध्य नजर गर्दै आफ्नो सेवालाई थप प्रविधीमुलक बनाउदै भाइबर बैकिङ्ग सेवा संचालन गरेको छ । उक्त भाइबर बैकिङ्ग सेवा ग्राहक महानुभावहरुले सहज

एनआईसी एशियाको एक अर्बको म्युचअल फण्ड बिक्री आजबाट खुल्ला

काठमाडौ । एनआईसी एसिया बैंकको सहायक कम्पनी एनआईसी एसिया क्यापिटलको एक अर्ब रुपैयाँको म्युचअल फण्डको बिक्री आज मंगलबारबाट खुल्ला भएको छ । कम्पनीले प्रतिईकाई १० रुपैयाँ अंकित मुल्य कायम रहने गरी १०

एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु आँबुखैरेनी र गोरखामा 

काठमाडौँ । एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु, आँबुखैरेनी गाँउपालिका वडा नं. ०३, आँबुखैरेनी, तनहुँ  र गोरखा नगरपालिका वडा नं ०६, हरमटारी, गोरखामा सोमबार एक समारोहका बिच् औपचारिक रुपमा समुद्घाटन