• २०८१ बैशाख १४ शुक्रबार

चिनियाँ कम्पनी गेजुवासँगको बुढी गण्डकी जलविद्युतको सम्झौता सरकारद्वारा खारेज  

kharibot

काठमाडौँ ।  सरकारले बुढी गण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनी गेजुवा ग्रुपलाई दिने निर्णय खारेज गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले सम्झौता खारेजको निर्णय गरेको ऊर्जामन्त्री कमल थापाले जानकारी दिएका छन् ।

माओवादी केन्द्रका जनार्दन शर्मा ऊर्जामन्त्री हुँदा बुढी गण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनी गेजुवा ग्रुपलाई दिने निर्णय गरिएको थियो । 

कामचलाउ प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा उर्जामन्त्री जनार्दन शर्मा र सीजीजीसी प्रतिनिधिले सम्झौतामा हस्ताक्षर गत जेठ २१ गते हस्तक्षर गरेका थिए । उक्त अवसरमा नेपालस्थित चिनियाँ राजदूत यु होङ, ऊर्जा मन्त्रालयका सचिव लगायतका प्रतिनिधिहको सहभागिता थियो ।

गत ९ जेठको मन्त्रिपरिषद् बैठकले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेडलाई दिने निर्णय गरेको थियो ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै