राष्ट्रपति भण्डारी सोमबार युएईको औपचारिक भ्रमणमा जादै

खरीबोट

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अरब इमिरेट्स (युएई) को अबुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको मैत्रीपूर्ण निमन्त्रणामा यही कात्तिक २७ देखि ३० गतेसम्म युएईको औपचारिक भ्रमण गर्ने भएकी छन्  ।  

यही कात्तिक २८ गते राष्ट्रपति भण्डारी र युवराज नेह्यानबीच औपचारिक वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारी दुबई इमिरेटको भ्रमणमा पनि जानेछिन् । 

नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४० औँ वार्षिकोत्सवको सन्दर्भमा राष्ट्रपतिबाट यो भ्रमण हुन लागेको जनाउँदै परराष्ट्र मन्त्रालयले शनिबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रपति र युवराजबीचका बैठक एवं छलफल आपसी हित र द्विपक्षीय सहयोगका विषयमा केन्द्रित हुनेछन् । 

राष्ट्रपति भण्डारीले अबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित एक कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछिन । 

राष्ट्रपति भण्डारीका साथ उनकी छोरी निशाकुसुम भण्डारी, आपूर्ति मन्त्री जयन्त चन्द, राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ मदनकुमार भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल र राष्ट्रपतिको कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै सञ्चार माध्यमका प्रतिनिधि रहनेछन् । 

राष्ट्रपति भण्डारी यही कात्तिक ३० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । 

सम्बन्धित समाचार

पर्यटन उद्योगको विकास गरी रोजगार प्रवद्र्धन गर्नुपर्ने : राष्ट्रपति भण्डारी

रत्ननगर । राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यटन उद्योगको विकास गरी रोजगारी प्रवद्र्धन गर्र्नुपर्नेमा जोड दिएकी छन् ।  आज चितवनको रत्ननगरस्थित जिरौनामा रहेका श्रीकृष्ण प्रणामी मन्दिर ‘धर्मधाम’को स्वर्णमहोत्सव समारोहको उद्घाटन गर्दै उनले यस

‘पूर्वसांसदको भूमिका महत्वपूर्ण’

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक, सामाजिक र राजनीतिक स्थायित्वका लागि पूर्वसांसदको महत्वपूर्ण भूमिका रहेको चर्चा गरेकी छन् ।  पूर्वसांसद मञ्चले आयोजना गरेको दुईदिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै राष्ट्रपतिले पूर्वसांसदको

सबैको साझा अठोट र प्रतिबद्धताबाट मुलुकमा भ्रष्टाचार निर्मूल गर्न सकिने–राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सबैको साझा अठोट र प्रतिबद्धताबाट मुलुकमा भ्रष्टाचार निर्मूल गरी सुशासन र विधिको शासन कायम गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २७औँ

राष्ट्रपतिबाट एकीकृत नमूना बस्ती हस्तान्तरण

रौतहट । राष्ट्रपति विद्यादेवी भण्डारीले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको सन्तपुर एकीकृत नमूना दलित बस्तीको साँचो नमूना बस्ती निर्माण समितिका अध्यक्ष सत्यनारायण माझीलाई आज हस्तान्तरण गरेकी हुन् ।  राष्ट्रपति भण्डारीले चन्द्रपुर