लिफ्ट प्रविधिको सिँचाइ आयोजना निर्माण

खरीबोट

बाबियाचौर । बेनी नगरपालिका– २ खबरामा जिल्लामै पहिलो पटक ‘लिफ्ट’ प्रविधिको सिँचाइ आयोजना निर्माण भएको छ । 

तरकारी खेतीको पकेट क्षेत्र खबरामा लिफ्ट प्रविधिको आयोजनामार्फत हाँडेभिरस्थित म्याग्दी नदीको किनारबाट पानी तानेर सिँचाइ सुविधा पुर्याइएको हो । जिल्ला कृषि विकास कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय राधाकृष्ण कृषि सहकारी संस्थाले नयाँ प्रविधिको सिँचाइ आयोजना निर्माण गरेको हो । 

नदी किनारमा इनार खन्ने, पाइप गाड्ने, पोखरी बनाउने र उपकरण खरिद गर्ने काम सकिसकेको यो आयोजना यसै महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर कार्कीले बताए । 

नदी किनारमा बनाइएको इनारबाट २५० मिटर उचाइमा रहेको लभ्लीहिलमा निर्माण भएको रिजर्भ ट्यांकीमा पुर्याइएको हो । योजनाको पूर्वाधार निर्माण र उपकरण खरिदमा हालसम्म रु एघार लाख खर्च भइसकेको छ । 

जिल्ला कृषि विकास कार्यालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत रु दश लाख अनुदान उपलब्ध गराएको थियो । इनारभित्र पसेको बालुवा फालेर आयोजना सञ्चालनमा ल्याउन लागिएको अध्यक्ष कार्कीले बताए । 

मर्मत गरी सञ्चालनमा ल्याउन थप रु ५० खर्च हुने अनुमान गरिएको छ । योजनाबाट ४० घरधुरी कृषक लाभान्वित हुने जनाइएको छ । नदी किनारदेखि पाँचसय मिटर लामो ६३ मिलिमिटरको पाइपबाट प्रतिघण्टा १२ देखि १८ हजार लिटर पानी तान्ने क्षमताको समसिवल वेल पम्प जडान गरिएको छ । 

उक्त पम्प विद्युत्को सहायताले चल्ने जनाइएको छ । लभ्लीहिल, पिपलडाँडा, सिम्लेधारा र दारीम्बोटमा नदीबाट तान्ने पानी संकलन गर्ने पोखरी निर्माण भएको छ । लभ्लीहिलमा संकलन हुने पानी अर्को पम्पबाट पिपलडाँडा, सिम्लेधारा र दारीम्बोटमा पुर्याउने योजना समेत रहेको छ ।

सम्बन्धित समाचार

सम्पदा पुनःनिर्माण सरकार आफैँले गर्नुपर्छ – बिजुक्छे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सम्पदा पुनःनिर्माणको काम सरकार आफैँले गर्नुपर्ने बताएका छन् ।  बीसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा भक्तपुर नगरपालिका, ख्वप इञ्जिनियरिङ कलेज र ख्वप

धनगढी उप—महानगरपालिकाको लापरबाहीले सडक निर्माण अवरुद्व

धनगढी । सडक क्षेत्रभित्र बनाइएका घरलगायतका संरचना भत्काउने विषयमा उत्पन्न विवादपछि धनगढी क्षेत्रमा निर्माणधीन ‘छ लेन’ सडक निर्माण कार्य रोकिएको छ ।  विवादकाबीच तत्कालीन धनगढी नगरपालिकाबाट नक्सा पास गरेर बनाइएका संरचना

फाष्ट ट्रयाक निर्माणमा सेनाले अहिलेसम्म के के गर्‍यो ? यस्ता छन् चुनौतीहरू 

काठमाडौं । नेपाली सेनाले सरकारले जिम्मा दिएको ७६ किमि लामो तराई र काठमाडौं जोड्ने द्रुतमार्गको निर्माण सुरु भइसकेको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । यसको कार्यप्रगतिबारे सेनाले पत्रकार

वरिष्ठ फिल्मकर्मी उद्धव पौड्यालको पुर्णकदको प्रतिमा निर्माण हुने

काठमाडौँ । वरिष्ठ फिल्मकर्मी उद्धव पौड्यालको पुर्णकदको प्रतिमा निर्माण हुने भएको छ ।  नेपाल चलचित्र विकास कम्पनी लिमिटेडको २४औँ बार्षिक साधारणसभाबाट पौड्यालको प्रतिमा निर्माणको प्रस्ताव सर्वसम्मतरुपमा पारित भएको हो ।   उद्धव एनएफडिसीका