उड्ने मान्छेले बनाए दुर्लभ विश्व रेकर्ड ! [फोटो फिचर]

खरीबोट

युरोप । बेलायतका आविष्कारक रिचार्ड ब्राउनिङले अनौठो विश्व रेकर्ड कायम गरेका छन् । उनले जेट सुट पहिरनमा विश्वकै तीव्रगतिमा उडेर अनौठो विश्व रेकर्ड कायम गरेका हुन् । उनलाई रकेट म्यान अर्थात् रकेटजस्तै उड्ने मान्छे भनिएको छ । अक्सर हलिउड फिल्ममा देख्न पाइने मानिस उडेको दृश्यले अन्ततः साकार रुप पाएको छ ।

उनले लगाएको जेट सुटको मूल्यमात्रै ४० हजार पाउण्ड स्टर्लिंग अर्थात् करिब ५५ लाख नेपाली रुपैयाँ पर्छ । यो कपडाको डिजाइनकर्ता पनि उनी आफैँ हुन् । उनले प्रतिघण्टा ३२.०२ गतिमा नयाँ गिनिज रेकर्ड बनाएका छन् ।

भविष्यमा यो कीर्तिमान तोड्ने पनि उनी नै हुनसक्नेछन् । उक्त सुटलाई पाखुरा चलाएर नियन्त्रण गर्न सकिन्छ भने हेलमेटले इन्धनबारे जानकारी दिने गरी बनाइएको छ ।

३८ वर्षीय ब्राउनिङले यो कीर्तिमान मंगलबार बेलायतको बर्कशाइरस्थित रिडिंगमा रहेको लगुना पार्कमा कायम गरेका हुन् । यसअघि प्रतिघण्टा ३० को गतिको कीर्तिमान गिनिजमा रेकर्ड भएको थियो ।

उनले कीर्तिमान कायम गरिरहँदा माहोल भने कुनै साइन्स फिक्सन फिल्मको दृश्यजस्तो लाग्थ्यो । उनी विस्तारै हावामा उड्ने क्रममा भुइँबाट करिब २ मिटर छोडेपछि गति लिएका थिए । यद्यपि उनले सुरुका दुई प्रयासमा भने सफलता पाएनन् ।

तेस्रो पटकमा भने उनले उक्त गतिमा नियन्त्रित रुपमा हावामा सम्हालिएको बताइएको छ । उनले पोखरीमाथि आफूलाई अवतरण गराएको बताइएको छ । उनी आफ्नो बुबाबाट प्रभावित थिए । उनका बाबु हेलिकोप्टर कम्पनीमा इन्जिनियर थिए ।

  • डेली मेलबाट अनुदित ।

सम्बन्धित समाचार

पिएसजीमाथि रियल म्याड्रिडको शानदार जित, रोनाल्डोले बनाए नयाँ रेकर्ड 

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको प्रि–क्वार्टरफाइनलको पहिलो लिगमा रियल म्याड्रिड विजयी भएको छ । रियलको घरेलु मैदान भएको खेलमा फ्रेन्च क्लब पेरीस सेन्ट जर्मेन (पिएसजी) लाई ३–१ गोल अन्तरले

अमेरिकाद्वारा विश्वकै सभैभन्दा शक्तिशाली रकेट प्रक्षेपण

वाशिंटन ।  अमेरिकाले विश्वकै सभैभन्दा शक्तिशाली रकेट प्रक्षेपण गरेको छ । अमेरिकाको फ्लोरिडामा रहेको केनेडी स्पेस सेन्टरमा रहेको स्पेस सेन्टरबाट बुधबार विश्वकै शक्तिशाली रकेट ‘फाल्कन हेभी’ प्रक्षेपण गरिएको छ ।  यसलाई अमेरिकी

लञ्चप्याडमा अहिलेसम्मकै गह्रौँ रकेट !

स्पेस एक्सको फाल्कोन हेभी रकेट सोमबार फ्लोरिडाको केप क्यानाभरलमा रहेको केन्नेडी स्पेस सेन्टरको ३९ए लञ्च प्याडमा । बुधबार यसको प्रक्षेपण गरिँदै छ । कम्पनीले पहिलोपटक नयाँ हेभि लिफ्ट अर्बिटल रकेट

अमेरिकी सेयर बजार डाऊमा रेकर्ड गिरावट 

वाशिंटन । अमेरिकी सेयर बजारमा सन् २००८ पछिको सबै भन्दा ठुलो गिरावट आएको छ । सोमबार डाऊ जोन्स ११७५ अंकले घट्दै २४,३४५.७५ अंकमा आएर रोकिएको छ । सोमबार डाऊ ४.६ प्रतिशतले