पेनाल्टी सुटआउटमा चुक्यो चेल्सी, आर्सनलले जित्यो कम्युनिटी सिल्ड 

खरीबोट

कम्युनिटी सिल्ड जितेपछि आर्सनलका खेलाडीहरु

काठमाडौँ । आर्सनलले प्रि सिजन अगाडी खेलिने कम्युनिटी सिल्डमा कब्जा गरेको छ ।  निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा चेल्सीलाई ४–१ गोल अन्तरले हराएर आर्सनलले कम्युनिटी शिल्डको उपाधि जितेको छ ।  

खेलमा चेल्सीका लागि पहिलो गोल भिक्टोर मोसेसले खेलको ४६औँ मिनेटमा गरेका थिए । खेलको ८०औँ मिनेटमा चेल्सीका पेड्रोले रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । खेलको अन्त्यमा आर्सनल खेलमा फर्कियो । आर्सनलका सिड कोलासिनाकले खेलको ८२औ मिनेटमा गोल फर्काएर खेल १-१ को बराबरीमा ल्याएका थिए । 

त्यसपछि भएको पेनाल्टी सुटआउटमा चेल्सीका लागि रियल म्याड्रिडबाट चेल्सीमा अनुबन्धित भएका अल्भारो मोराटाले गोल गर्न सकेनन् भने गोल किपर कोर्टोइसले पनि पेनाल्टी मिस गरेका थिए । चेल्सीबाट एकमात्र पेनाल्टी ग्यारेथ काहिलले गोलमा परिणत गरेका थिए । आर्सनलबाट भने थियो वाल्कट, नाचो मोरियल र च्याम्बेर्लिनले गोल गरेका थिए ।

योसँगै आर्सनलले आफ्नो १६औ कम्युनिटी सिल्ड जितेको छ ।

सम्बन्धित समाचार

पेनाल्टी सुटआउटमा चुक्यो चेल्सी, आर्सनलले जित्यो कम्युनिटी सिल्ड 

काठमाडौँ । आर्सनलले प्रि सिजन अगाडी खेलिने कम्युनिटी सिल्डमा कब्जा गरेको छ ।  निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा चेल्सीलाई ४–१ गोल अन्तरले हराएर आर्सनलले कम्युनिटी शिल्डको

चेल्सीका अरबपति मालिकले गरे आफ्नी पत्नीसँग डिभोर्स 

चेल्सी क्लबका रसियन बिलिनियर मालिक रोमन अब्रामोविचले आफ्नी पत्नी डाशा झुकोभासँग डिभोर्स गरेका छन् । उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै डिभोर्स गरेको जानकारी दिएका छन् । ५० बर्षिय रोमनले उनकी ३६

इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा आर्सनलको रोमान्चक जित 

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन सुरु भएको छ । सिजनको पहिलो खेलमा आर्सनलले लेस्टर सिटीमाथि रोमान्चक जित हासिल गर्दै नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । शुक्रबार देखि

बर्नलीसँग हार्दै लिग विजेता चेल्सीको खराब सुरुवात, रोनीको गोलले इभर्टन विजयी

काठमाडौँ । शनिबार इङलिश प्रिमियर लिगका पहिलो खेल भएका छन् । शनिबार भएको खेलमा गत सिजनको लिग विजेता चेल्सले खराब सुरुवात गरेको छ । चेल्सी बर्नलीसँग ३-२ गोल अन्तरले पराजित