• २०८१ बैशाख १५ शनिबार

तराईका बाढीपीडितलाई राहत प्याकेज दिने सरकारको निर्णय

kharibot

काठमाडौँ । सरकारले तराईका बाढीपीडितलाई राहत प्याकेज दिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीले प्रभावित तराई क्षेत्रका नागरिकलाई विशेष प्याकेज दिने निर्णय गरेको हो ।

विशेष राहत प्याकेज लैजान अर्थ मन्त्रालयलाई जिम्मेवारी दिएको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् । विशेष राहत प्याकेज केहि दिनमा सार्वजनिक गरिने बताइएको छ ।

बाढी आएको झण्डै ५ महिना पुग्नै लाग्दा बल्ल सरकारले बाढी प्रभावितका लागि विशेष राहत प्याकेज ल्याएको हो । बैठकले बैठकले ग्रामिण सडक सञ्जाल विस्तारका लागि एसियाली विकास बैंकबाट ऋण सहायता लिने निर्णय पनि गरेको छ।

ऋण सहायता लिने सम्बन्धमा वार्ता गर्न बैठकले वार्ता टोली गठन गर्ने निर्णय गरेको हो। यो सडक सञ्जालले १६ जिल्लाको ३ सय ८८ किलोमिटर ग्रामिण सडक स्तर उन्नति गरि कृषि उपजको बजार र पहुँच सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।

बैठकले मलेसियाको राजदूतमा निरन्जनमान बस्नेतलाई अर्को व्यवस्था नभएसम्म यथावत राख्ने निर्णय पनि गरेको छ । त्यस्तै सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव विनोद केसीलाई रक्षा मन्त्रालयमा ल्याउने निर्णय गरेको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै