चितनवमा गोदावरी विमर्श

खरीबोट

चितवन । कविडाँडा साहित्य समाजको आयोजना तथा चितवन साहित्य परिषद्को आतित्थमा भरतपुरमा महेश पौड्यालको पछिल्लो कथासंग्रह “त्यसपछि फुलेन गोदावरी” माथि कार्तिक १८ गते विमर्श भएको छ ।

चितवन साहित्य परिषद्को भवनमा आयोजित उक्त कार्यक्रममा अग्रज आख्यानकार रामबाबु घिमिरे प्रमुख अतिथि तथा चितवन साहित्य परिषद्का पूर्व अध्यक्ष साहित्यकार एवं समाजसेवी अच्युत वाग्ले विशेष अतिथि हुनुहुन्थ्यो ।

पुस्तकमाथि बोल्दै आख्यानकार अनुपम रोशीले महेशका कथाले मान्छेको भावना र मनोविज्ञानको पक्षलाई सुन्दर ढङ्गले उजागर गरेको बताइन् । बालबालिका, महिला तथा एक्ला पात्रहरूमार्फत पौड्यालले नेपाली धरातलबाट कारुणिक कथाहरू टिपेको टिप्पणी उनले गरिन् । अर्का आख्यानकार प्रा. डा. हरिहर पौडेलले पौड्यालको आख्यान शिल्पको प्रशंसा गर्दै उनले आगामि दिनमा पारम्परिक विषयभन्दा बद्लिएको समयका नवीन कथानक उठाउँदा राम्रोे हुने सल्लाह दिए । 

प्रमुख अतिथि रामबाबु घिमिरेले पौड्यालका कथा पश्चिमको विसङ्गतिवाद तथा पूर्वको शून्यवादबाट प्रभावित भएकोले मृत्युकेन्द्रित हुन पुगेको टिप्पणी गरे । सभापतिको रूपमा बोल्दै कथाकार तथा कवि एलबी छेत्रीले पौड्याल समालोचक पनि भएका हुँदा उनको कथामा सामाजिक विसङ्गतिप्रतिको आलोचना प्रकृतिक रूपमा आएको टिप्पणी गरे । कार्यक्रममा श्रष्टाहरू सुरेन्द्र अस्तफल, ईश्वर कँडेल, रमेश प्रभात, उदय अधिकारी तथा दिनेश पौडेलले पनि कृतिमाथि आफ्ना अवधारणा राखेका थिए । 

अग्रज श्रष्टा प्रेमविनोद नन्दन, गोविन्दराज विनोदी, डा. लकाश पौडेल, डा. एकनारायण पौडेल, भूपिन, पुष्प अधिकारी अञ्जली, बालकृष्ण थपलिया, गणेश श्रमण, द्वारिका नेपाल, अजिता अधिकारी, लेखराम सापकोटा, महेश क्षितिज, शरद ऋतुजस्ता लोकप्रिय सर्जकहरूको पनि उपस्थिति रहेको थियो । 

सम्बन्धित समाचार

सिड्नीमा विशेष साहित्यिक कार्यक्रम सम्पन्न, अनेसासद्वारा नयाँघरे र श्रेष्ठ सम्मानित

सिड्नी । अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स च्याप्टरले सिड्नीमा एक विशेष साहित्यिक समारोहको आयोजना गरेको छ । समारोहमा च्याप्टरकी अध्यक्ष सानु घिमिरेले निबन्धकार युवराज नयाँघरे तथा कवि एवम्

तीन साहित्यकार गिरफ्तार

काठमाडौँ ।  प्रगतिशील लेखक संघ (प्रलेस) का उपाध्यक्ष खेम थपलियासहित तीन जनालाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको छ ।  प्रलेसको मासिक परिसंवाद कार्यक्रमबाट फर्कने क्रममा बागबजारबाट साँझ थपलियालाई नियन्त्रणमा लिई महानगरीय प्रहरी परिसर

साहित्यकार विकलको ९०औँ जन्मजयन्ती मनाइयो

काठमाडौँ । साहित्यकार रमेश विकलको ९० औँ जन्मजयन्तीका अवसरमा उहाँको प्रतिमास्थल आरुबारीमा बाल प्रतिभा पुरस्कार वितरण गरिएको छ ।  विसं १९८५ कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिन काठमाडौँको आरुबारीमा उहाँको जन्म भएको थियो

म्यान बुकर पुरस्कार ‘लिंकन इन द बार्डो’ उपन्यासका लेखक जर्ज सान्डर्सले जिते 

काठमाडौं । यस बर्षको म्यान बुकर पुरस्कार अमेरिकी लेखक जर्ज सान्डर्सले ‘लिंकन इन द बार्डो’ पुस्तकका लागि जितेका छन् । ५० हजार अमेरिकी डलर राशिको यो पुरस्कार जित्ने जर्ज दोस्रो