• २०८१ बैशाख १४ शुक्रबार

फोरम र राजपा अध्यक्षहरुविरुद्ध नै बागी उम्मेद्वारी 

kharibot

राजविराज । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र फोरम अध्यक्ष उपेन्द्र यादवले बागीको सामना गर्नुपर्ने भएको छ ।
दुबैविरुद्ध राजपाका नेताहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

दोस्रो संविधानसभाको निर्वाचनमा महोत्तरी जिल्लाको क्षेत्र नं ४ बाट स्वतन्त्रबाट सभासद् बनेका चन्देश्वर झाले आज पुनः आउँदो मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।  सिही क्षेत्रबात् राजपाका अध्यक्ष महन्थ ठाकुर पनि उम्मेदवार बनेका छन् ।

जिल्ला सदरमुकाम जलेश्वरसमेत सम्मिलित क्षेत्र नं ३ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिनेमा स्वतन्त्र उम्मेदवार झा पहिलो उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले बताए । 

केही दिनअघि मात्रै सांसद विघटन हुनुभन्दा पहिले स्वतन्त्र सांसदबाट राष्ट्रिय जनता पार्टी नेपालमा प्रवेश गरेका झालाई उक्त दलले प्रतिनिधिसभाका लागि टिकट नदिएपछि आज उनले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका हुन् । 

उनले पार्टीले आफूलाई संघीय संसदको समानुपातिक उम्मेदवार समेत नबनाएकोले उम्मेदवारी दिएको बताए। त्यस्तै सप्तरी-२ मा फोरम अध्यक्ष यादवविरुद्ध  राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

पार्टीले सल्लाह नै नगरी फोरमलाई छोडेकाले आफूले उम्मेदवारी दिएको ठाकुरले बताएका छन् । ‘पार्टीले जनताको चाहना बुझेन। यहाँका जनताले राजपालाई चाहेका छन्’, उनले भने, ‘यो मेरो उम्मेदवारी होइन। यो जनताको उम्मेदवारी हो।’

सप्तरी–२ राजपाको सबैभन्दा सुरक्षित ठाँउ भएको भन्दै उनले राजपाको निर्णयले जनता निराश भएको बताएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै