• २०८१ बैशाख १५ शनिबार

पेट्रोलियम पदार्थको मुल्य वृद्धि, खाना पकाउने ग्याँसमा २५ रुपैयाँ बढ्यो 

kharibot

काठमाडौं ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ ।

निगमले डिजलमा डेढ रुपैयाँ, पेट्रोलमा दुई रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको हो । 

अब पेट्रोलको मुल्य प्रतिलिटर एक सय रुपैयाँ, डिजेल र मटितेल लिटरको मुल्य ७५ रुपैयाँ ५० पैसा पुगेको निगमले जनाएको छ । यस्तै ग्यासको मुल्य प्रतिसिलिन्डर १३ सय २५ रुपैयाँबाट बढाएर १३ सय ५० पुर्‍याइएको नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए । 

भारतीय आयल कर्पोरेशनले बुधबार नयाँ मुल्य पठाएपछि नेपालमा पनि मुल्य बढाइएको उनले जानकारी दिए ।  यसअघि गएको असारमा पनि मूल्य समायोजन भएको थियो । असारमा कच्चा तेलको भाउ ५० डलर रहेकोमा अहिले बढेर ६० डलर पुगेको छ । वृद्धि भएको मुल्य आज राति १२ बजेदेखि लागुहुने निगमले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै