• २०८१ बैशाख १४ शुक्रबार

प्रहरीद्वारा लाखौँ नेपाली र विदेशी पैसासहित ५२ जना जुवाडे पक्राउ

kharibot

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बुधबार ५२ जना जुवाडेलाई तास र कौडा खेल्दै गर्दा नगदसहित पक्राउ गरेको छ । मकवानपुरगढी गाउँपालिका सिमलटारमा रहेको मानबहादुर श्रेष्ठको घरमा तास खेलिरहेका उनीहरुबाट लाखौँ नगद समेत बरामद गरेको जिप्रका मकवानपुरले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट तीन लाख ८८ हजार ६ सय ७० नेपाली रुपैयाँ, ५ सय भारु, ८ सय ११ अमेरिकी डलर, ५० कतारी रियाल, सात बुक तास र १६ थान कौडा समेत बरामद गरेको छ । उनीहरुविरुद्ध प्रहरीले जुवा ऐन २०२० बमोजिम मुद्दा चलाएको छ । प्रहरीले उनीहरुलाई जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

पक्राउ पर्नेमा मकवानपुरगढी ५ का मान ब. श्रेष्ठ, भूमि ब. तिमल्सिना, राकेश लामा, हे.उ.म.न.पा. १ बस्ने धर्म लामा, हेउमनपा ६ बस्ने शुशील श्रेष्ठ, श्याम थिङ, दिल ब. लोप्चन, नुर मम्हद, विक्रम थिङ, कृष्ण ब. गौतम, दुर्गा दुलाल, जित ब. लोप्चन, संजय थापा, मनकाजी लामा, मान ब. थिङ, विष्णु अधिकारी, नेत्र प्रसाद घिमिरे, दिपेश दाहाल, सिताराम तिमल्सिना, हरि घिमिरे, मन प्रसाद न्यौपाने, भिम ब. थापा, अनिल बस्नेत, तेज प्रसाद घिमिरे, दिपक घलान, पेमा स्याङतान, विक्रम स्याङतान, हरि चन्द्र दुलाल, अर्जुन ढकाल, दिपक तिमल्सिना, आईतराम घलान, अनिल वाइबा, दिनेश लामा, वीर ब. लोप्चन, शिवराज हुमागाई, बिर ब. श्रेष्ठ, तेज प्रसाद चौलागाई, बलराम खनाल, आईतमान थिङ, जयनन्द गोले, रमेश अधिकारी, गोकुल अधिकारी, दिल ब. कार्की, कुमार स्याङतान, रबि थिङ, कमल अधिकारी, कुमर सुनार, बुद्धि शाही, शिव दुलाल, वासुदेव न्यौपाने, युवराज सापकोटा र शिवराज बन्जारा रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै