• २०८१ बैशाख १४ शुक्रबार

पुन: एडिट हुने भयो पद्मावती, कसको रोल काटिएला !

kharibot

मुम्बई । यस बर्ष कै बहुप्रतिक्षीत फिल्म पद्मावती सुटिङ् देखिनै चर्चामा रहेको फिल्म हो । आगामी डिसेम्बर एकमा रिलिजको तयारीमा रहेको फिल्मलाई निर्देशक संजयलिला भन्सालीले पून एडिट गर्ने लागेको रिपोर्ट बाहिरिएको छ । 

बलिउड लाइफका अनुसार फिल्म लामो भएका कारणले यसमा माथि कैची चलाउन लागेका हुन् । भंसालीले फिल्मका केही सिन हटाउने निणर्य गरेको बताइएको छ ।

रिर्पोटका अनुसार फाइनल कट गरिसकेपछि २१० मिनेटको बनेर तयार भएको हो । जसले गर्दा भंसाली र उनको टिमलाई फिल्म लामो भएको अनुभुति भइरहेको र दर्शकलाई बोर लाग्नसक्ने अड्कल गरेका छन् ।

उसैपनि फिल्मका सिनमा कैचि चलाउनु भंसालीका लागि सोचेजति सजिलो भने छैन्। यसमा बलिउडका तिन चर्चीत कलाकारहरु काम गरिरहेका छन् । यसैकारणले तिनमध्ये कसै एकको पनि स्क्रीन शेयर पर्दामा कम भयो भनेपनि मनमुटाव हुनसक्ने सम्भावना रहेको छ ।

यसलाई निर्देशकले निकै ध्यान पुर्याउनु पर्ने छ कि फिल्मको लम्बाई घटाउने सुरमा उनी कसैको पनि भावना माथि खेलवाड नगरुन्।

उसैपनि फिल्मलाई लिएर रणवीर सिंह र शाहिदको बीचमा शुरु देखी नै कोल्डवार चलिरहेको खबरहरु बाहिरीएका बेला पून: एडिट गर्ने खबरले पद्मावतीका फ्यानहरुलाई कौतुहलता थपेको छ । 

शाहिद र रणवीर दुवैजना फिल्ममा आफ्नो रोल सशक्क्त चाहान्छन्। दुई अभिनेताबीचको ‘कोल्डवार’ साचो झुटो के हो त्यो हेर्न फिल्म प्रमोशनको समय कुर्नु पर्ने भएको छ ।
भर्खरै दिपीकामाथि छायांकन गरिएको गीत रिलीज भएको छर चर्चा पनि उत्तिकै पाएको छ ।

गीतमा राजपूताना सभ्यताको हिस्सा मानीने घूमर नाचमा दीपिकाले परर्फम गरेकी छन्। यसमा भंसालीलाई दीपिकाको डान्स राम्रो लागेर उनले दीपिकालाई फिल्ममा लगाइएको उनको फेवरेट पद्मावती ड्रेस गिफ्ट गरेका छन्।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै