नभएको कामको भुक्तानीको सिफारिश गरेपछि वडाका सबै पदाधिकारी स्पष्टिकरणमा

खरीबोट

जाजरकोट जिल्ला

जाजरकोट, यहाँको त्रिवेणी नलगाड नगरपालिका– ११ का सबै जनप्रतिनिधि स्पष्टीकरणमा परेका छन् । 

त्रिवेणी नलगाड नगरपालिका– ११ का वडा अध्यक्षसहित चारजना वडा सदस्यले कामै नभएको कामको पनि काम भएको भनि रकम भुक्तानीका लागि सिफारिस गरेपछि उनीहरु स्पष्टीकरणमा परेका छन् । 

नगरपालिकाको ११ चौखादेखि वडा नं– १० रजिकसम्म जोड्ने चौखा रजिक बानियाँ गाउँ, सर्मी, डोल्पा सडकको कामै नगरेको सडकमा काम गरेको भनी जनप्रतिनिधिले सिफारिस गरेपछि जिल्ला समन्वय समितिले रु २३ लाख भुक्तानी गरेको थियो । 

कामै नगरी रु २३ लाख रकम भुक्तानी गरेको भन्दै असार २३ मा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि जिल्ला समन्वय समितिले छानबिन गरेको थियो । छानबिन गर्दा सम्बन्धित वडाका जनप्रतिनिधिसमेत अनियमित कार्यमा संलग्न भएको पाइएको थियो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला समन्वय समितिलाई के कति कारणले कामै नभए पनि भुक्तानीका लागि चेक काटिएको हो भनि स्पष्टिकरण सोधेपछि छानबिन थाल्दा यस्तो तथ्य फेला परेको छ । 

नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष जीतबहादुर मल्ल र सदस्य भीमबहादुर मल्ल, कृष्णकुमारी खत्री बानियाँ, विष्णुकमारी नेपाली र बिर्खबहादुर बानियाँले वडा कार्यालयको लेटरप्याडमा ९० मिटर मात्र खनिएको बाटोलाई दुई हजार ३०० मिटर खनिएको र काम पनि सन्तोषजनक भएको भन्दै भुक्तानीका लागि स्थानीय विकास अधिकारीलाई सिफारिस गर्नु भएको थियो । 

कामै नभए पनि नक्कली बिल भरपाई पेश गर्ने जिल्ला प्राविधिक कार्यालयका प्राविधिक बलबहादुर विश्वकर्मालाई बरखास्त गरिएको छ । जनप्रतिनिधिलाई जिल्ला समन्वय समितिले के कति कारणले कामै नभएको बाटोको निर्माण सम्पन्न भयो भनि सिफारिस गरियो दुई हप्ताभित्र स्पष्टिकरण पेश गर्न पत्र पठाएको जिल्ला समन्वय समितिले बताएको छ । 

त्यस्तै उपभोक्ता समितिका अध्यक्ष लगबहादुर बस्नेत, सचिव सुष्मा विसी र कोषाध्यक्ष जयकुमारी खत्रीलाई पनि स्पष्टिकरण सोधिएको छ । निर्वाचित भएको एक सय दिन नबित्दै वडाका सबै पदाधिकारी स्पष्टिकरणमा परेका छन् । 

घटना सार्वजनिक भएपछि कामै नगरेको सडकमा भुक्तानी दिइसकेको चेकसमेत कार्यालयले थुतेर रद्द गरेको स्थानीय विकास अधिकारी रुद्रप्रसाद पण्डितले बताए । 
 

सम्बन्धित समाचार

म्याद गुज्रेपछि जाजरकोटमा १० लाखको औषधि जलाएर नष्ट

जाजरकोट, जिल्ला जनस्वास्थ्य कार्यालयले गाउँका स्वास्थ्य संस्थामा पठाइने औषधि जिल्ला सदरमुकाममै थन्क्याएर म्याद गुज्रेपछि वातावरण प्रदूषित हुने गरी जलाएको छ । गाउँमा जाने औषधिलाई लामो समयसम्म जनस्वास्थ्य कार्यालयमा भण्डार गरेर

पहिरोले ठाउँ ठाउँका सडक अवरुद्ध

जाजरकोट डोल्पा सडकखण्डको खलंगादेखि डोल्पाको सिमानामा त्रिवेणी सम्मको यातायात सेवा अवरुद्ध भएको छ । करिब ७० किमी सडकखण्डभित्र चल्ने सबै खालका यातायातका साधन अवरुद्ध भएको यातायात व्यवसायीले बताएका छन् ।  खलंगा

जाजरकोटका जनप्रतिनिधिलाई सकस: झोले कार्यालयबाट सरकारी कामकाज !

जाजरकोट । यहाँका स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको तीन महिना बितेपछि कार्यालय नहुँदा समस्या भएको छ । जिल्लाको भेरी नगरपालिकाले कर्मचारी अभावमा वडा नं.१ देखी ४ सम्मका लागि संयुक्त वडा

जाजरकोटको भाइरल : औषधिसहित स्वास्थ्यकर्मीको टोली भाइरल प्रभावित क्षेत्रमा

जाजरकोट । जाजरकोटका विभिन्न क्षेत्रमा फैलिएको भाइरल ज्वरोको प्रकोपको समाचार राससबाट प्रकाशित भएपछि बिहीबार दिउँसो औषधि र स्वास्थ्यकर्मीको टोली त्यसतर्फ लागेको छ । जिल्लाका त्रिवेणी नलगाड–५ मा बढी सङ्क्रमण भएका