• २०८१ बैशाख १४ शुक्रबार

ब्राजिललाई हराउदै इङल्याण्ड अन्डर १७ विश्वकपको फाइनलमा, रहियन ब्रेवस्टरले गरे ह्याट्रिक 

kharibot

काठमाडौँ । इङल्याण्ड भारतमा जारी अन्डर १७ फुटबल विश्वकपको फाइनलमा प्रवेश गरेको छ । 

भारतको कोलकोतामा भएको पहिलो सेमीफाइनल खेलमा ब्राजिललाई ३-१ गोल अन्तरले पराजित गर्दै इङल्याण्ड प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । 

इङल्याण्डको जितमा लिभरपुलबाट खेल्ने रहियन ब्रेवस्टरले ह्याट्रिक गरेका थिए । खेलको १०औ मिनेटमा रहियनले पहिलो गोल गर्दै इङल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए । तर ब्राजिल खेलमा फर्किदै खेलको २१औ मिनेटमा वेस्लेले गोल गर्दै खेल बराबरी गरेका थिए ।  

रहियनले खेलको ३९औ मिनेटमा इङल्याण्डका लागि र आफ्नो व्यक्तिगत दोस्रो गोल गर्दै इङल्याण्डले फेरी अग्रता लियो । त्यसपछि रहियनले खेलको ७७औ मिनेटमा तेस्रो गोल गर्दै इङल्याण्डलाई विश्वकपको फाइनलमा पुर्याए । 

इङल्याण्ड अब आजै स्पेन र मालीबीच हुने दोस्रो सेमिफाइनलको विजेता टिमसँग आगामी शनिबार प्रतियोगिताको फाइनल खेल खेल्ने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै