• २०८१ बैशाख १४ शुक्रबार

रोनाल्डो र मेसीले एक अर्कालाई भोट नदिएको खुलासा, नेपालबाट कसलाई गयो भोट ?

kharibot

काठमाडौँ । फिफाले गएराती दिएको बर्षको उत्कृष्ट खेलाडीको अवार्डमा कसले कसलाई मत दिए होलान भन्ने उत्सुकता सबैलाई भएको छ । त्यसमा पनि विश्व फुटबलमा लामो समय देखि प्रतिद्वन्दीको रुपमा रहेका रियल म्याड्रिडका पोर्चुगीच स्टार क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनेल मेसीले कसलाई मत दिए होलान भन्ने चासो पनि सबै तिर देखिएको छ । 

फिफामा आवद्ध देशका कप्तान, प्रशिक्षक र पत्रकारले भोट गर्ने फिफाको नियम अनुसार रोनाल्डो र मेसीले एक अर्कालाई भोट नदिएको खुलासा भएको छ ।  पोर्चुगलका कप्तान रहेका रोनाल्डोले आफ्नै क्लब रियल म्याड्रिडका तीन खेलाडीलाई मत दिएको खुलासा भएको छ ।

रोनाल्डोले लुका मोड्रीच, सर्जियो रामोस र मार्सेलोलाई मत दिएका छन् । त्यस्तै मेसीले भने लुइस स्वरेज, आन्द्रे इनेष्टा र नेइमारलाई मत दिएको खुलासा भएको छ ।

त्यस्तै नेपालका कप्तान विराज महर्जनले स्वीडेनका जाल्टन इब्राहिमोविचलाई भोट दिएका छन् । लेनल दोस्रोमा फ्रान्सका एन्टोनी ग्रिजम्यान र तेस्रोमा पोर्चुगलका क्रिष्टियानो रोनाल्डोलाई छानेका छन् ।  

नेपालका प्रशिक्षक ग्योटोकु कोजीले पहिलोमा क्रिष्टियानो रोनाल्डोलाई भोट दिएका छन् । उनले दोस्रोमा लियोनल मेस्सी र तेस्रोमा नेइमारलाई भोट दिए । नेपाली मिडियाको तर्फबाट काठमाडौं पोष्टका रितेश रिजालले क्रिष्टियानो रोनाल्डोलाई भोट दिएका छन् । उनले दोस्रोमा लियोनल मेस्सी र तेस्रोमा नेइमारलाई मत दिएका छन् । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै