• २०८१ बैशाख १४ शुक्रबार

रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर आज खुल्ला

kharibot

काठमाडौं । काठमाडौंको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा यसवर्ष दर्शनार्थीलाई मन्दिरमै पुगेर दर्शन गर्ने व्यवस्था मिलाइएको छ । यो मन्दिर वर्षको एक दिन भाइटीकाको दिन मात्रै खुल्छ । 

२०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षति पुगेपछि गएको दुई वर्ष मन्दिरको ढोकामै पूजा गर्ने व्यवस्था गरेकोमा यसवर्ष भने मन्दिरभित्रै दर्शन गर्ने व्यवस्था मिलाइएको पुरातत्व विभागले जनाएको छ ।

गएको वैशाखदेखि रानीपोखरी पुनर्निर्माणको जिम्मा आफै लिएको पुरातत्व विभागले रानीपोखरीको मन्दिरको मर्मतको काम गरिरहेको छ । अहिलेसम्म रानीपोखरी पुनर्निर्माणको एक तिहाइ काम सकिएको विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै