निर्वाचनमा भाग लिन सबै दललाई प्रधानमन्त्रीको आग्रह

खरीबोट

ललितपुर । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मंसिर १० र २१ गते हुन लागेको केन्द्रीय र प्रदेशसभाको निर्वाचनमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह गरेका छन् । 

नेपाल संवत् ११३८ समारोह समितिद्वारा यहाँ आज आयोजित सांस्कृतिक ¥यालीको उद्घाटन गर्दै उहाँले मंसिरमा हुने दुवै निर्वाचनले संविधान पूर्णरुपमा कार्यान्वयनमा आउने बताए । 

उनले नेपाल संवत्लाई राष्ट्रिय संवत्का रुपमा राज्यले मान्यता दिइसकेकाले नेवार समुदायमा मात्र सीमित नभएर सबैले मनाउनुपर्ने बताए । समितिका अध्यक्ष एवं श्रेष्ठ समाजका महासचिव सुवर्णमान अमात्यले नेपाल संवत्लाई राष्ट्रियरुपमा मनाउनुपर्नेमा जोड दिए । 

सो अवसरमा प्रधानमन्त्री देउवाले सिकर्मी समाजद्वारा प्रकाशित क्यालेन्डरको विमोचन पनि गरे। उनले नेपाल सम्बतका प्रणेता शंखधर साख्वाको मूर्तिमा माल्यार्पण पनि गरे । 

सांस्कृतिक ¥याली पाटन दरबार, मंगलबजारबाट शुरु भएर पाटनकै सुन्धारा, वकुबहाल, पूर्णचण्डी, पुल्चोक, कुम्भेश्वर भएर मंगलबजारमा आएर समापन भएको थियो । 

सम्बन्धित समाचार

म सुदूरपश्चिमकी बुहारी हुँ – आरजु देउवा   

धनगढी(कैलाली) । नेपाली कांग्रेस नेतृ डा.आरजु राणा देउवाले आफू सुदूरपश्चिमकी बुहारी भएकोले कैलालीमा निर्वाचन क्षेत्र रोजेको बताएकी छन् । उनले कैलालीसहित प्रदेश नम्बर ७ (सुदूरपश्चिम) को समग्र विकासलाई पहिलो प्राथमिकता

प्रधानमन्त्री देउवाद्वारा प्रचण्डनिवास पुगेर प्रकाशलाई श्रद्धाञ्जली

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को लाजिम्पाटस्थित निवासमा पुगेर आइतबार निधन भएका प्रचण्डपुत्र प्रकाश दाहाललाई श्रद्धाञ्जली दिएका छन् । देउवा सोमबार

दाहालको निधनप्रति प्रम देउवा दुःखी

काठमाडौँ / नेपाली काँग्रेसले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको आज बिहान नर्भिक अस्पतालमा असामयिक निधन भएकामा दुःख व्यक्त गरेको छ । काँग्रेस सभापति एवं

उमेदवारमाथि भएका आक्रमण रोक्न सुरक्षाको व्यवस्था कडा प्रधानमन्त्री देउवाको प्रतिबद्धता

डडेल्धुरा ।  प्रधानमन्त्री शेरबहादुर देउवाले उमेदवारमाथि भएका आक्रमण रोक्न सुरक्षाको व्यवस्था कडा पारिने बताएका छन् ।  नेपाल प्रेस युनियन डडेल्धुराले आज बिहान गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले उम्मेदवारको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिएको बताउँदै