• २०८१ बैशाख १५ शनिबार

पिएसजीको जितमा सबै स्टार खेलाडीको गोल 

kharibot

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत समूह ‘बि’ को खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएको छ ।  

गएराती भएको खेलमा पिएसजीले बेल्जियमको एन्डरलेच्तलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीका लागि पहिलो गोल एमबाप्पेले गरेका थिए । खेलको ४४औँ मिनेटमा एडिन्सन काभानीले हेडमार्फत गोल गदै २–० को अग्रता बनाएका थिए ।

त्यसपछि खेलको ६६औँ मिनेटमा विश्वकै महंगा खेलाडी नेइमारले पिएसजीका लागि तेस्रो गोल गरेका थिए । पिएसजीका अर्का खेलाडी एन्जेल डि मारियालो ८८औँ मिनेटमा पिएसजीका लागि चौथो गोल गरेका थिए ।

समूह ‘बि’ मा तीन खेल जित्दै ९ अंकका साथ पिएसजी शीर्ष स्थानमा छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै