• २०८१ बैशाख १६ आइतबार

कामना सेवा विकास बैंकको १५ प्रतिसत हकप्रद शेयर

kharibot

काठमाडौँ ।  सिर्जनाचोक, पोखरामा केन्द्रिय कार्यालय रहेको कामना सेवा विकास बैंकको बुधबार सम्पन्न विशेष साधारणसभाले बैंकको चुक्तापूंजीको १५ प्रतिसतका दरले हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ ।

यसका साथै बैंकको केन्द्रीय कार्यालय काठमाडौं ३०, ज्ञानेश्वर, आनन्दभैरब मार्ग स्थित आफ्नै भवनमा स्थानान्तरण गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ ।

बैंकका गतिविधीको बारेमा प्रकाश पार्दै बैंकका संचालक समिति अध्यक्ष सुदिप आचार्यले बैंक प्रगति उन्मुख रहेकोले ढुक्क भई लगानी गर्न शेयरधनीहरुलाई अनुरोध गर्नुभएको थियो यसका साथै बैंकले चालु आ.ब.मा २० स्थानमा नयां शाखा कार्यालयहरु खोली तिव्र गतिमा कारोबार वृद्घी गर्ने योजना रहेको वताउदै बैंकले आफ्नो ब्रान्डीङ्गको प्रर्वधन गर्दै समानस्तरका बैंकहरुमा उत्कृष्ठ बैंक बन्ने लक्ष्य रहेको बताए ।

हाल बैंकको चुक्ता पूंजी रु २ अर्व ६ करोड, निक्षेप १३ अर्व १९ करोड रहेको छ भने कर्जा तर्फ ११ अर्व ९४ करोड पुगेको जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्लेले गराए ।

सभाको संचालन बैंकका कम्पनी सचिव खिमलाल भुषालले गरेका थिए भने स्वागत मन्तब्य संचालक भिम प्रसाद तुलाचनले गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै